एसपी सिलवालमाथि छानबिन समिति गठन

  • भदौ १२, २०८२ | ३१६ पटक पढिएको | सीमा संदेश
alt

प्रहरी उपरीक्षक राजकुमार सिलवालमाथि रकम असुली गर्ने गरेको आरोपमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले छानबिन समिति गठन गरेको छ । उनी राजमार्ग सुरक्षा तथा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख छन् ।

एसपी सिलवालमाथि जाँचका क्रममा चोरीका सवारी साधनको गैरकानुनी प्रयोग र चालकमाथि अभद्र व्यवहार गर्ने गरेको आरोप लागेको छ । एसपी सिलवालविरुद्ध मौखिक तथा लिखितसहित ३५ वटा गम्भीर प्रकृतिका गुनासो आएपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन अघि बढाइएको छ ।

मधेश प्रदेश प्रहरीका डीआईजी उमाप्रसाद चर्तुवेदीले सिलवालमाथि प्रदेश कार्यालयले आन्तरिक छानबिन गरिरहेको जानकारी दिए । डीआईजी चतुर्वेदीले सिलवालमाथि छानबिन गर्न प्रदेश कार्यालयले पाँचवटा छुट्टाछुटै समिति बनाएको बताए । सिलवालले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका चालकलाई जरिवाना तिराउँदै सवारी छाड्न लगाइ घर पठाउनुपर्नेमा कानुनविपरीत थुनामा राख्ने गरेको आरोपसमेत लागेको छ ।

यसरी चोरीका सवारी साधन गैरकानुनी प्रयोग गर्ने, अवैध मालसामान बोकेका सवारी साधनलाई आर्थिक प्रभावमा परेर जाँच नगर्ने जस्ता गम्भीर उजुरी उनीविरुद्ध परेको जनाइएको छ । ट्रान्सपोर्ट कम्पनीका ट्रक रोकेर गैरकानुनी तरिकाले रकम असुली गर्ने गरेको गुनासोसमेत उनीमाथि छ ।

एसपी सिलवालले भारतीय नम्बर प्लेटका गाडीहरुलाई प्रवेशमा कडाइका नाममा रकम असुली गर्ने गरेको उजुरी पनि आएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । एसपी सिलवाल यसअघि पनि पटकपटक विवादमा पर्दै आइरहेका छन् ।

यसअघि पनि उनीमाथि मिटरब्याजमा रकम लगाउने गरेको आरोप लागेको थियो । तर एसपी सिलवालले भने आफूमाथि समिति बनाएको बारे जानकारी नरहेको प्रतिक्रिया दिए ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब