मधेशमा कांग्रेसले माग्यो सरकारको नेतृत्व !

  • भदौ २३, २०८२ | ४७६ पटक पढिएको | सीमा संदेश
alt

केही दिन अघि सार्वजनिक रुपमै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने अभिव्यक्ति दिएपछि पुनः मधेश प्रदेशमा सरकार परिवर्तनबारे चर्चा चुलिएको छ ।

केही महिनादेखि प्रदेश सरकारको नेतृत्वका लागि ठूला दलदेखि साना दलसमेतले दाबी गर्दै आएका थिए । तर सबै दलमा मुख्यमन्त्री पदका लागि पनि विवाद देखिएपछि केन्द्रीय नेतृत्व तहले पनि सरकार परिवर्तनको विषयको औचित्यबारे मौन रहेपछि जनमत पार्टी नेतृत्वको सरकारले नै अहिलेसम्म निरन्तरता पाएको छ ।

एक वर्षसम्मको अवधि जनमतले पाए पनि सो अवधिभन्दा दुई महिना बढी समयदेखि सरकारको नेतृत्व गरि नै रहेको बेला मधेश प्रदेश सरकारको नेतृत्वका लागि नेपाली कांग्रेसले फेरि दबाब सृजना गर्न थालेको छ । विगतमा केन्द्रीय तहमा भएको सहमति अनुसार प्रदेश सरकारको नेतृत्व परिवर्तनका सवाललाई लिएर आइतबार बसेको कांग्रेस मधेश प्रदेश संसदीय दलको बैठकबाट सभापति शेरबहादुर देउवासंग सो सहमति कार्यान्वयनका लागि ध्यानाकर्षणसहित दबाब दिने भएको छ ।

प्रदेशसभामा प्रतिपक्षी दलहरुले अर्थमन्त्री सुनिलकुमार यादवको राजीनामाको माग राख्दै बैठक अवरुद्ध गरेपछि अनिश्चितकालका लागि प्रदेशसभाको अधिवेशन स्थगित रहेको छ । यस्तो अवस्थामा जनमत र नेकपा एमालेले पनि कांग्रेसमाथि दबाब बनाउन थालेपछि कांग्रेसले अर्थमन्त्री यादवलाई फिर्ता बोलाउने की सबै मन्त्रीलाई फिर्ता बोलाउने वा मधेश प्रदेश सरकारमाथिको नेतृत्वका लागि नै पहल थाल्ने भन्दै गम्भीर छलफल पछि कांग्रेसका प्रदेश सांसदहरु यस अन्योलतालाई चिर्नका लागि सभापति शेरबहादुर देउवासमक्ष परामर्श गर्ने भएका छन् ।

सो बैठकमा पूर्वसहमति अनुसार एक वर्षपछि जनमत पार्टीले कांग्रेसलाई सरकारको नेतृत्व दिनुपर्ने थियो । तर जनमतले सरकार छोड्न नमानेपछि कांग्रेस नेताहरू सभापति देउवालाई सहमति कार्यान्वयनका लागि पहल गर्न बुधबार भेटघाटका लागि समय तय भएको संसदीय दलका प्रमुख सचेतक कुमरकान्त झाले जानकारी दिए।

जनमत नेतृत्वको सरकार परिवर्तनका लागि कांग्रेसले आफ्ना चारजना मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने भन्दै कांग्रेसका प्रदेशस्तरीय नेताहरुले माग समेत गरेका छन् । प्रतिपक्षी दलहरुले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएपछि अर्थमन्त्री यादवकै कारण पार्टीको छवि धुमिल हुँदै गएको भन्दै कांग्रेसभित्र पनि उनको राजीनामाको मागसहित असन्तुष्टि बढेका कारण पनि मन्त्रिपरिषद्बाट तत्काल मन्त्रीहरुलाई फिर्ता बोलाउनका लागि आवाज उठ्न थालेको छ ।

हाल मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसबाट भूमि व्यवस्था तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, ऊर्जा, खानेपानी तथा सरसफाइमन्त्री शेषनारायण यादव, श्रम तथा यातायातमन्त्री कौशल किशोर यादव र अर्थमन्त्री सुनिलकुमार यादव रहेका छन् । प्रदेशसभामा कांग्रेसका २२ जना सांसद छन् ।

कमलामा देवी मेलामा धामीझाँक्री र श्रद्धालुको घुइँच

मिथिलाको पौराणिक, धार्मिक तथा सांस्कृतिक परम्परासँग जोड ...

विश्वभर हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या,

विश्वभर गत वर्ष प्रत्येक घण्टा औसत पाँच महिला तथा बालिक ...

मंसिर ९ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ९ गते । बुधबार । ...

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब