गत २३ र २४ भदौको प्रदर्शनमा भएको भौतिक तथा मानवीय क्षतिसम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगका पदाधिकारीले शपथ लिएका छन्। अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग शपथ लिएका हुन्।
त्यस्तै, सदस्यद्वय विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीले अध्यक्ष कार्कीसँग शपथ लिएका छन्।
सरकारले आन्दोलनकारीमाथि सरकारले गरेको दमन र आन्दोलनका नाममा सरकारी तथा व्यक्तिको सम्पत्तिमा भएको विध्वंस घटनाको छानबिनका लागि आयोग गठन गरेको हो। आयोगलाई तीन महिनाको समय दिइएको छ । बिहीबारदेखि आफूहरूले जाँचबुझको काम थाल्ने अध्यक्ष कार्कीले जानकारी दिए । आयोगलाई पाँच कार्यादेश दिइएको छ।
आन्दोलनकारीहरुले विद्यार्थीमाथि टाउको र छातीमा गोली चलाउन निर्देशन दिने तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत छानबिनको दायरामा ल्याउन माग गरेका छन्।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved