कार्तिक ५ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

  • कार्तिक ५, २०८२ | ४३३ पटक पढिएको | सीमा संदेश
alt

वि.सं. २०८२ साल कार्तिक ५ गते, बुधबार ई.सं. २०२५ अक्टोबर २२ तारिख नेपाल संवत् ११४६, सिद्धार्थी संवत्सर दक्षिणायन, शरद ऋतु, श्रीशाके १९४७ कार्तिक शुक्लपक्ष तिथि – प्रतिपदा, बेलुकी ६ बजेर २० मिनेटपछि द्वितीया नक्षत्र – स्वाती, राति १ बजेर १० मिनेटपछि विशाखा योग – प्रीति, राति ४ बजेर ३० मिनेटपछि आयुष्मान करण – बव, बेलुकी ६ बजेर २० मिनेटपछि बालव आनन्दादि–धूम्र योग चन्द्रराशि – तुला काठमाडौंमा सूर्योदय: बिहान ६ बजेर ८ मिनेट सूर्यास्त: बेलुकी ५ बजेर २६ मिनेट दिनमान: २८ घडी १५ पला

आजको बार बेला

  • बिहान ६:०८ सम्म लाभ बेला
  • बिहान ६:०९–७:३३ अमृत बेला
  • बिहान ७:३४–८:५८ काल बेला
  • बिहान ८:५९–१०:२३ शुभ बेला
  • बिहान १०:२४–११:४७ रोग बेला
  • बिहान ११:४९–१:१२ उद्वेग बेला
  • दिउँसो १:१४–२:३७ चर बेला
  • दिउँसो २:३८–४:०२ लाभ बेला
  • बेलुकी ४:०३–७:०२ उद्वेग बेला

नोट: शुभकार्य वा यात्रा गर्दा लाभ बेला र अमृत बेला अनुकूल मानिन्छ।

राहुकाल

बिहान ११:४७ देखि दिउँसो १:१२ सम्म राहुकाल रहनेछ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला।

 ब्रह्म मुहूर्त

बिहान ४:३१ देखि ५:१९ सम्म ब्रह्म मुहूर्त रहनेछ।

आजको राशिफल
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

जीवनसाथीको सहयोगले परिणाममुखी काम गर्न सकिनेछ। माया–प्रेममा सामीप्यता बढ्नेछ। उपभोग्य वस्तु तथा पहिरनको व्यापार फस्टाउनेछ। लामो दूरीको यात्राको सम्भावना छ। प्रविधिको प्रयोगबाट आफ्ना विचार जनमानसमा पुर्‍याउन सकिनेछ। खानपान, घुमफिर तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

आफन्त तथा मावली पक्षबाट सहयोग मिल्नेछ। सत्रुता राख्नेहरू आफैं कमजोर हुनेछन्। काम गर्न आर्थिक स्रोत जुट्ने हुँदा व्यापारमा लाभ हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। शुभ तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजनको अवसर जुर्नेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

वंशवृद्धिको योग छ। आफन्त वा सन्तानको प्रगति देखेर मन प्रशन्न हुनेछ। मनपर्ने मानिसबाट उपहार प्राप्त हुने सम्भावना छ। बौद्धिक क्षेत्रमा लगानी गर्दा लाभ हुनेछ। छोटो दूरीको रमाइलो यात्राको योग छ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

राजनीति वा समाजसेवामा आलोचना र समर्थन दुबै प्राप्त हुनेछन्। विश्वास गरेका व्यक्तिबाट धोका पाउने सम्भावना छ। आमा वा मातृस्वरूप व्यक्तिसँग मनमुटाव हुन सक्छ। स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सावधानी अपनाउनुहोस्। तर कृषी वा पशुपालनबाट लाभ हुनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सानो प्रयासले ठूलो लाभ मिल्नेछ। माया–प्रेममा विश्वास बढ्नेछ। टाढाको आफन्तको निम्तो आउनेछ। बुद्धिको प्रयोगले धनलाभ हुनेछ। पारिवारिक मिष्ठान्न भोजको अवसर जुर्नेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

चन्द्रमाको प्रभावले दैनिक उपभोग्य वस्तु तथा लत्ता–कपडाको व्यापार फस्टाउनेछ। सानो प्रयासले उल्लेखनीय सफलता मिल्नेछ। आफन्तको सहयोग पाइन सक्छ। विचार र बोलीले अरूको मन जित्न सकिनेछ। प्रेममा रमाउन चाहनेका लागि समय अनुकूल छ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

पुराना कमजोरी सुधार्दै नयाँ काम सुरु गर्न सकिनेछ। पारिवारिक जमघटमा मिष्ठान्न भोजनको अवसर मिल्नेछ। माया–प्रेममा रमाइलो हुनेछ। औषधिजन्य सामान, उपभोग्य वस्तु र चाडबाड–लक्षित वस्तुमा लगानी लाभदायी हुनेछ। राजनीतिज्ञ तथा पत्रकारका लागि समय शुभ छ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले ध्यान दिनुहोस्। खर्च बढ्ने सम्भावना छ। आफन्त र साथीहरूको सहयोग कम पाइन सक्छ। दोहोर्‍याएर काम गर्दा मानसिक तनाव बढ्न सक्छ। स्वदेशी व्यापारमा मन्दी भए पनि विदेशी वस्तुको कारोबार फस्टाउनेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

व्यवसाय विस्तारको राम्रो योग छ। विशिष्ट व्यक्तिहरूको सहयोगले लगानी बढ्नेछ। नेतृत्वदायी भूमिका निभाउनुपर्ने परिस्थिति आउन सक्छ। जनताको काम समयमा पूरा गर्न सकिनेछ। प्रेममा सफलता मिल्नेछ। पारिवारिक मिलन र मनोरञ्जनमा समय बित्नेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

सामाजिक काममा सक्रियता बढ्नेछ। मान–प्रतिष्ठा उच्च हुनेछ। माया–प्रेममा प्रिय पात्रसँग नजिकिने अवसर मिल्नेछ। खाद्यान्न, निर्माण सामग्री वा अटो–पार्ट्स व्यापारमा वृद्धि हुनेछ। विवादित विषयहरू समाधानतर्फ जानेछन्। पारिवारिक माहोल सुखद रहनेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

धार्मिक तथा आध्यात्मिक भाव जाग्नेछ। मन्दिर यात्राको सम्भावना छ। अनुसन्धानमा मनग्गे परिणाम प्राप्त हुनेछ। आम्दानी–खर्च सन्तुलन मिलाउने कौशलले व्यवसाय सुदृढ हुनेछ। पारिवारिक मिलन र रमाइलोमा समय बित्नेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

समयको सदुपयोग गर्न नसक्दा महत्वपूर्ण काम थाती रहन सक्छन्। सवारीसाधन चलाउँदा वा यात्रा गर्दा सतर्क रहनुहोस्। लामो समयको प्रेम सम्बन्धमा ब्रेक लाग्ने सम्भावना छ। स्वास्थ्यमा समस्या आउन सक्छ, ध्यान दिनुहोस्। तर आफन्तसँगको भेटघाटले मन हलुका हुनेछ।

तपाईंको दिन शुभ रहोस्।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब