सिरहामा धारिलो हतियार प्रहारबाट चार जना घाइते, चार जना पक्राउ

  • कार्तिक ५, २०८२ | ५५८ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको मिर्चैया नगरपालिका-३ स्थित छड्की टोलमा दुई पक्षबीच भएको विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते भएका छन् । आइतबार साँझ पौने ८ बजेको समयमा भएको विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार, स्थानीय ६० वर्षीय शिवनन्दन यादव, उनकी श्रीमती ५७ वर्षीया दुर्गी देवी यादव, ४२ वर्षीय छोरा जमाहिर यादव र ३७ वर्षीया बुहारी रिता यादव घाइते छन् । जसमध्ये गम्भीर घाइते भएकी रिताको उपचारका लागि जनकपुर पठाइएको छ भने अन्यको मिर्चैयामै उपचार भइरहेको छ ।

उनीहरूको शरीरको विभिन्न भागमा निलडाम र काटिएको देखिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले बताए ।

घाइते भएर मिर्चैयास्थित एक निजी क्लिनिकमा उपचार गराइरहेका शिवनन्दनका अनुसार, उनीहरू घरमै बसिरहेको अवस्थामा आएको १५-२० जनाको समूहले आक्रमण गरेको थियो । उनीहरूले आफूहरूमाथि खुकुरी, रड, भाटालगायत प्रहार गरेको उनले बताए ।

प्रहरीले घटनामा संलग्नताको आरोपमा मिर्चैया-३ का पूर्ववडाध्यक्ष हरिकुशियैत यादव, किशोर धुर्झार यादव, अशोक यादव, जगदीश धुर्झार यादव गरी चार जनालाई नियन्त्रणमा लिएको छ । उनीहरू छिमेकी गाउँ सिसबोनीका हुन् । प्रहरीका अनुसार, यो विवाद हुनुभन्दा केही घण्टाअघि दुई पक्षका किशोरबीच विवाद परेको थियो ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब