सिरहा–४ मा राजकिशोर यादब र डा.बिरेन्द्र प्रसाद महतो भिडदै

  • माघ ६, २०८२ | ३३८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष तथा पूर्वमन्त्री राजकिशोर यादव आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् ।

२०७९ को निर्वाचनमा सिरहा क्षेत्र नम्बर २ बाट निर्वाचित यादव यसपटक क्षेत्र परिवर्तन गर्दै ४ नम्बर क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । यसअघि २०७४ को निर्वाचनमा पनि उनी यही क्षेत्रबाट विजयी भएका थिए ।

यादव सिरहा–४ बाट उम्मेदवार बन्ने भएपछि सोही क्षेत्रबाट २०७९ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. वीरेन्द्रप्रसाद महतोले जनता समाजवादी पार्टी परित्याग गरी जनमत पार्टी प्रवेश गरेका छन् । पार्टीबाट टिकट नपाउने निश्चित भएपछि उनले जनमत रोजेको बताइएको छ । डा. महतोले पनि यही क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरेका छन् ।

जसपा नेपाल विभाजनका क्रममा अशोक राई नेतृत्वको जसपामा केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा रहेका महतोले दुई दिनअघि मात्रै जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतबाट सदस्यता लिँदै पार्टी प्रवेश गरेका थिए।

२०७९ को निर्वाचनमा सिरहा क्षेत्र नम्बर ४ बाट डा. महतो २४ हजार १०२ मतसहित विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार २९४ मत प्राप्त गरेका थिए।

त्यस्तै, २०७९ कै निर्वाचनमा सिरहा क्षेत्र नम्बर २ बाट राजकिशोर यादव २४ हजार १७८ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवले २३ हजार २८ मत प्राप्त गरेकी थिइन्।

राजकिशोर यादव र डा. वीरेन्द्र महतोबीचको सम्भावित प्रतिस्पर्धाले सिरहा–४ को चुनावी माहोल थप रोचक बन्ने देखिएको छ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब