मनोनयन दर्ताका लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय

  • माघ ६, २०८२ | १६५ पटक पढिएको | सीमा संदेश
alt

प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा एकै दिन मनोनयन दर्ता आज (मंगलबार) हुँदै छ । प्रमुख राजनीतिक दलहरूले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसकेका छन् भने केही विवादित क्षेत्रका उम्मेदवार मंगलबार बिहानसम्म टुंग्याउने तयारी छ ।

यस्तो छ निर्वाचन कार्यतालिका
मनोनयन दर्ताका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । सोही दिन बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ ।

मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरुद्धमा उजुरी दिने अवधि बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिन दिनको ३ बजेदेखि बिहीबार ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी आयोगले निर्णय गरी साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।

शुक्रबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ ।

शुक्रबार नै दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । उम्मेदवारले चुनाव चिह्न पाएपछि पनि आचारसंहिताअनुसार प्रचारप्रसार प्रारम्भ गर्नका लागि करिब तीन साता पर्खनुपर्नेछ । ३ देखि १८ फागुनसम्म १५ दिन उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन् ।

उम्मेदवारले सभा, जुलुस, सञ्चारमाध्यमबाट प्रचारप्रसार, चुनावी सामग्री प्रकाशन वा प्रसारण तथा घरदैलो कार्यक्रम गर्न पाउनेछन् । २१ फागुनको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका छ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब