सिरहाका चारै निर्वाचन क्षेत्रमा कांग्रेसबाट यी उम्मेदवार भिडदै

  • माघ ६, २०८२ | २६६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । नेपाली कांग्रेसले सिरहा जिल्लाका चारै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ ।

कांग्रेसले सिरहा निर्वाचन क्षेत्र नं. १ बाट रामसुन्दर चौधरी, क्षेत्र नं. २ बाट रामचन्द्र यादव, क्षेत्र नं. ३ बाट डा. शुभासचन्द्र यादव र क्षेत्र नं. ४ बाट चन्द्रकला देवी यादवलाई उम्मेदवार घोषणा गरेको छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिरहा–१ बाट पदमनारायण चौधरी र क्षेत्र–२ बाट चित्रलेखा यादव निर्वाचित भएका थिए । त्यसैगरी, क्षेत्र–३ र क्षेत्र–४ मा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनबाट उम्मेदवार उठाइएका थिए।

महासमिति बैठक र हालै काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले गठबन्धन नगरी चारै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको थियो ।

सोहीअनुसार लामो समयपछि जिल्लामा कांग्रेसले चारै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको हो । उम्मेदबार बनाउन लागिएका सबै नयाँ अनुहार हुन् ।

नयाँ अनुहारलाई उम्मेदवार बनाइएकाले पार्टीभित्र केही नेता तथा कार्यकर्ताहरू उत्साहित देखिएका छन् । केहीमा चिन्ता पनि देखिएको छ । नयाँ उम्मेदवारका कारण चुनाव जित्ने चुनौती बढेको उनीहरूको भनाइ छ ।

यद्यपि, पार्टी नेतृत्वले नयाँ अनुहारमार्फत जनतामा नयाँ आशा र सन्देश जाने विश्वास व्यक्त गरेको छ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब