सिरहामा कुन पार्टिको कति शक्ति ?

  • माघ ६, २०८२ | ३३० पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, माघ ०६ गते । आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको माहुल तातेको छ । राजनीतिक रुपमा पहिलो पटक मधेश झरेका बालेन साहले मधेशका राजनीतिलाई थप तताएका छन । साहको मधेशी सेन्टिमेन्टल भाषणका कारण यहाँका युवाहरुमा थप शक्ति देखिन थालेका छन् । तर रास्वपाको मधेशमा उपस्थितिले संग्ठनिक शक्तिको जोडघटाउ पनि सुरु भएको छ ।

सिरहाका चार निर्वाचन क्षेत्रमा विगतका निर्वाचनमा देखिएका शक्तिलाई आधार मानेर कुन पार्टिको कति शक्रि छ भने कुरा बुझन सकिन्छ । तर रास्वपाको मधेश प्रवेशले विगतका पुराना शक्तिलाई कुन रुपमा प्रभव पर्छ भने कुरा पनि चर्चाको विषय बनेको छ । 

२०७९ निर्वाचनमा कसको शक्ति कति ?

सिरहा–१ मा जसपा नेपालको समर्थनमा एमाले चुनाव जितेको थियो भने जनमत तेस्रो पार्टी बनेको थियो । अन्य मधेस केन्द्रित दलको यहाँ खासै प्रभाव देखिएको छैन । तर अहिले जेनजी आन्दोलनको प्रभाव र पुराना नेताहरु संग्ठिनिक अस्वस्थ्यताका कारण यस क्षेत्रमा एमाले र कांग्रेसको अवस्था कमजोर देखिन्छ । यस क्षेत्रमा उम्मेदवारहरु बिच कठा टक्करका अवस्था रहनेछन् ।

सिरहा–२ मा जसपा नेपालका राजकिशोर यादव निर्वाचित भएका थिए । यहाँ जनमत पार्टी तेस्रो भएको थियो।   निर्वाचित भएका जसपा नेता यादबले जनतासँग ठुलै दुरी कायम गरेका छन् । न त मतदातासँग गरेको वाचा पुरा गर्न सकेको छ न त जनताकै मन जित सकेको छ । जसका कारण यस क्षेत्रका राजनीतिक अवस्था निकै नै कमजोर छ । एमाले र कांग्रेसका नेतृत्व यस क्षेत्रमा प्रभावकारी छैन् । जसले मतदाताको मन जितन सके उसको जित पक्क हुने अवस्था यस क्षेत्रको छ ।

 सिरहा–३ मा एमालेका लिलानाथ श्रेष्ठ जसपा नेपालको सहयोगमा निर्वाचित भएका थिए । नेकापा मोअवादी दोस्रो भएको थियो । जनमत पार्टी तेस्रो दल बनेको थियो । अन्य मधेस केन्द्रित दलको खासै प्रभाव यो क्षेत्रमा देखिएको छैन। यस क्षेत्रमा एमाले संग्ठिनिक रुपमा बलियो छ । यस क्षेत्रका स्थानीय सरकारको नेर्तत्व पनि एमालेकै छ । तर स्थानीय सरकारका नेतृत्व कर्ताहरुका असक्षता र प्रतिनिधि सभा निर्वाचित संसादका लगतार दुई पटकमा पनि पुरा गर्न नसकेको अश्वासन र विभिन्न अधुरा कार्यले मतदातामा निराषा थपेको छ । जेनजी आन्दोलनको प्रभाव र नयाँ उम्मेदवारले जनताका मन जितन सफल भए नेतत्व परिवर्तन हुने सम्भवना रहको छ। 

सिरहा–४ मा एमालेको सहयोगबाट जसपा नेपालका विरेन्द्र महतो निर्वाचित भएका थिए भने जनमत पार्टी दोस्रो भएको थियो । यस क्षेत्रका मतदाताहरुका अवस्था र विकासका गतिविधिले हेर्दा कुनै पार्टिको बलियो पक्क अहिले छैन् । यहाँ कडा प्रतिस्पार्धा हुने सम्भावन रहको छ ।

असान्न निर्वाचनमा सबभन्दा बढी नजर तानेको दल हो रास्वपा । देशभर रास्वपाको चर्चाले तरंगित बनाएको छ । हुन त मधेशमा संग्ठित रुपमा रास्वपा कमजोर छ । रास्वपाको संग्ठन मधेशका गाउँसम्म पुग्न सकेको छैन् । 
रास्वपामा बालेनको प्रवेश र जेनजी आन्दोलनको मोभमेन्टले युवा वर्गलाई तातिएको देखिन्छ । युवा मात्र तेतिएपनि निर्वाचन जितन कठिन हुन्छ । धेरै जस्तो युवा पनि आजको दिनमा स्वंय निर्णयक बन्न सकेकी नरहको अवस्थामा मधेशमा रास्वपाको अहिलेको फिल्मी स्टाईलको इन्ट्इले पुग्छ जस्तो देखिदैन् राजनीतिका विश्लेषकहरुका भनाई रहेका छन्। 

सिरहा जिल्लामा हाल सम्म क्षेत्र नं. १ मा जेनजी युवा मन्त्री बबलु गुप्ता र क्षेत्र न. २ शिवशंकर यादबको नाम मात्र टुङ्गो लागेको छ । उनी हरु जेनजी आन्दोलनबाट उदाएका नेता हो । उनीहरु युवा माथि प्रभाव पारेपनि समग्र मातदाता माथि के कस्तो घोषणाले प्रभव पार्न सक्छ भने कुरा ठुलो माइने राख्छ । यदि मधेशका समस्याहरुलाई जोडेर रास्वपाको ठोस घोषणपत्र नआए निर्वाचन जितन सहज हुने छैन् ।

क्षेत्र न. ३ र ४ मा अहिले सम्म पनि उम्मेदवारको नाम सार्वजनिक भएको छैन् । क्षेत्र न. ३ एमाले बाहुल क्षेत्र हो भने क्षेत्र न. ४ मधेशी पार्टि बाहुल क्षेत्र हो । यदि यो क्षेत्रमा जनप्रिय र जनताको अवाज मुर्खित गर्न सक्ने सवल युवा उम्मेदवार दिन नसके सिरहामा रास्वपाको जित सहज देखिदैन्।

रास्वपासँग अहिले कुनै ठोस योजना तथा घोषण र जनहितका संगिठत आधार निर्वाचन जितने जस्तो देखिदैन् । सिरहा सारक्षर आधार पनि कमजोर रहेकोले पार्टिको भाषण भन्दा मन जितन सक्ने उम्मेदवारले बाजि मार्न सक्छ । अहिलेको अवस्थामा पुराना पार्टिहरु प्रति यहाँक जनता रिसाएको छ तर पार्टिको संग्ठिनिक जग टुटन सकेको छैन् । रास्वपाले मतदाताका साथ र भरोस बन्न सके मात्र जितको लहर ल्याउन सक्छ । न त पुरानै दलहरुका सम्भावना बढछ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब