सिरहाका चार निर्वाचन क्षेत्रमा १३९ जना उम्मेदवार भिडदै ९ जना पूर्वमन्त्री मैदानमा

  • माघ ७, २०८२ | ३३३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, माघ ०७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहा जिल्लाका चार निर्वाचन क्षेत्रमा गरी कूल १३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका ६५ र स्वतन्त्र ७४ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् । 

निर्वाचन क्षेत्र नम्बर ४ बाट पाँच जना,  क्षेत्र नम्बर ३ वाट दुई जना र क्षेत्र नम्बर १बाट दुई जना गरि ९ जना पूर्वमन्त्रीले उम्मेदवारी दर्ता गराएका छन् । सिरहा सदरमुकामस्थित निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री लिलानाथ श्रेष्ठ र विश्वनाथ साहले उम्मेदवारी दर्ता गराएका छन् । दुवैजना २०७९ को चुनावको प्रतिद्वन्द्वी उम्मेदवार हुन् । श्रेष्ठ एमालेवाट र साहले नेपाली कम्युनिस्ट पार्टीवाट उम्मेदवारी दर्ता गराएका छन्।

मिर्चैयास्थित क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा पाँच जना पूर्वमन्त्रीले मनोनयन दर्ता गराए । जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय उपाध्यक्ष राजकिशोर यादव, जनमत पार्टीबाट वीरेन्द्रप्रसाद महतो, नेकपाबाट अजयशंकर नायक, नेकपा एमालेबाट धर्मनाथ साह र बहुजनशक्ति पार्टीबाट विश्वेन्द्र पासवानले उम्मेदवारी दिएका छन् ।

यसमध्ये राजकिशोर तीन पटक सांसद र दुई पटक मन्त्री भइसकेका छन् । यसअघि सिरहा २ बाट चुनाव जितेका उनी त्यसअघि सिरहा ४ बाटै निर्वाचित भएका थिए । जसपावाट जनमत प्रवेश गरेका डा महतोले उम्मेदवारी दर्ता गराए । दुई पटक सांसद भएका उनी त्यसअघि जसपा नेपालबाटै समानुपातिक सांसद भएका थिए । तर, जसपा नेपालबाट फुटेर बनेको जसपामा लागेका महतो यसपालि भने चुनावको मुखैमा जनमतबाट टिकट लिएर चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । नेकपाका अजय शंकर भने समानुपातिक सांसद भएर मन्त्री भएका हुन् । यसअघि २०७४ मा प्रत्यक्ष चुनाव लडेका उनी जसपा नेपालका राजकिशोर यादवसँग पराजित भएका थिए ।

एमालेका धर्मनाथ भने प्रत्यक्ष र समानुपातिक गरी दुई पटक सांसद र एक पटक मन्त्री भएका छन् । विश्वेन्द्र भने समानुपातिक सांसद हुँदै मन्त्री भएका हुन् । यससँगै यो क्षेत्र जिल्लामा सबैभन्दा धेरै पूर्वमन्त्रीको उम्मेदवारी पर्ने क्षेत्र बनेको छ ।

सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट दुई पूर्वमन्त्रीसहित २५ जनाको उम्मेदवारी दर्ता भएको छ । यस क्षेत्रबाट विभिन्न पार्टीबाट र स्वतन्त्र गरी २५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । अन्तरिम सरकारमा युवा तथा खेलकुदमन्त्री बनेका पूर्वमन्त्री बब्लु गुप्ताले यसै क्षेत्रबाट उम्मेदवारी दिएका छन् । नेकपा एमालेबाट यहाँका यसअघिका सांसद रामशंकर यादव नै उम्मेदवार बनेका छन्।

यस्तै, कांग्रेसबाट यहाँ रामसुन्दर चौधरी, जसपा नेपालबाट सत्यनारायण यादव, नेकपा पूर्वमन्त्री रामचन्द्र यादव र जनमतबाट रामस्वरूप चौधरीले मनोनयन दर्ता गराएका छन् । यस क्षेत्रबाट विभिन्न दलबाट सात जना र स्वतन्त्र १८ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत राधेश्याम यादवले जानकारी दिए ।

सिरहा क्षेत्र नम्वर २ बाट १४ वाट दलसहित २९ जनाले उम्मेवारी दिएका छन्। आज धनगढीमाई नगरपालिकाको प्रशासकिक भवनमा रहेको निर्वाचन कार्यालयमा सम्पन्न मनोनयन कार्यक्रममा १४ दलका उम्मेवार र १५ स्वतन्त्रसहित २९ जनाले उम्मेवादरी दिएका हुन्। सवैभन्दा पहिला राष्ट्रिय प्रजातन्त्रपाटीका उमेदवार श्याम किशोर साह हलुवाईले उम्मेद्वारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत रजित कुमार यादवले जानकारी दिए। 

नेपाली काँग्रेसका रामचन्द्र यादव, नेपाली कम्यूनिष्ट पार्टीबाट मुक्तिनारायण यादव, नेकपा एमालेबाट नवीन कुमार यादव, राष्ट्रिय स्वातन्त्र पार्टीका शिवशंकर यादव (शिव), राष्ट्रिय जनमुक्ति पार्टीबाट कौशल कुमार सिंह, जनमत पार्टीका विनोद कुमार यादवले उमेदवारी मनोनयन गराएका छन्। 

त्यसैगरी, नेपाल मजदुर किसान पार्टीका राज कुमार पासवान, नेपालका लागि नेपाली पार्टीका राम कुमार यादव, उज्यालो नेपाल पार्टीका ललित कुमार सिंह, आम जनता पार्टीका विल्टु यादव, बहुजन एकता पार्टी नेपालबाट सबुरलाल राम र जनता समाजवादी पार्टी नेपालका संजीव कुमार यादवले उम्मेदवारी दिएका छन्।

निर्वाचन क्षेत्र नम्बर ३ बाट दुई पूर्वमन्त्रीसहित ४१ जनाले उम्मेवारी उम्मेदवारी दर्ता गराएका छन्। सिरहा सदरमुकामस्थित निर्वाचन क्षेत्र नम्बर ३ का कार्यालयमा उपस्थित भएर पूर्वमन्त्री विश्वनाथ साह र लिलानाथ श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन्। साह नेपाली कम्युनिस्ट पार्टीबाट र श्रेष्ठले नेकमा एमालेबाट उम्मेदवारी दर्ता गराएका छन्। श्रेष्ठले यस क्षेत्रबाट दुई पटक निर्वाति भएका छन्। दुवै पटक विभिन्न दलसँगको गठवन्धनमा उनले चुनाव जितेका थिए। यस पटक सवै दलले एकल उम्मेवारी दिएका छन्।

क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसवाट डाक्टर सुभाष चन्द्र यादव, जसपावाट अशेश्वर यादव, रास्वपावाट डाक्टर शम्भू यादव, उज्यालो नेपालवाट जेन–जी युवा श्रवन पासमान, जनमतवाट रोहित महतो र प्रलोपावाट पुजन सिहले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट देवदयाल सिंह, स्रम संस्कृति पार्टीबाट दिप कुमार लामा, आज जनता पार्टीबाट ज्ञानी देवी सिंहलगायतले उम्मेवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ। 

निर्वाचन क्षेत्र नम्बर ४ बाट पाँच जना पूर्वमन्त्री मन्त्रिहरु चुनावी मैदानमा उत्रिएका छन्। मिर्चैयास्थित रेडक्रस भवनमा रहेको क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा पाँच जना पूर्वमन्त्रीले मनोनयन दर्ता गराएका हुन्। 

पूर्वमन्त्रीहरु जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय उपाध्यक्ष राजकिशोर यादव, नेपाली कम्यूनिष्ट पार्टीका नेता अजयशंकर नायक, जनमत पार्टीबाट वीरेन्द्रप्रसाद महतो, बहुजनशक्ति पार्टीबाट केन्द्रिय अध्यक्ष विश्वेन्द्र पासवानल र नेकपा एमालेबाट धर्मनाथ साह उम्मेदवारी दिएका छन्।

नेपाली कम्यूनिष्ट पार्टीबाट उम्मेदवारको टिकट नपाए पछि आजै एमाले प्रवेश गरेर पूर्वमन्त्री धर्मनाथ साहले नेकपा एमालेबाट उम्मेदवारी दिएका हुन्। यसमध्ये राजकिशोर तीन पटक सांसद र दुई पटक मन्त्री भइसकेका छन्। यस अघि सिरहा २ बाट चुनाव जितेका उनी त्यसअघि सिरहा ४ बाटै निर्वाचित भएका थिए।

 जसपावाट जनमत प्रवेश गरेका डाक्टर महतोले उम्मेदवारी मनोनयन गराएका महतो दुई पटक सांसद भएका उनी त्यसअघि जसपा नेपालबाटै समानुपातिक सांसद भएका थिए। तर, जसपा नेपालबाट फुटेर बनेको अशोक राईको पार्टीमा गएर महतो  वन मन्त्री भएका थिए। यसपालि भने चुनावको मुखैमा जनमतबाट टिकट लिएर चुनावी प्रतिस्पर्धामा होमिएका हुन्। 

नेकपाका अजय शंकर भने समानुपातिक सांसद भएर मन्त्री भएका थिए।  एमालेका धर्मनाथ भने प्रत्यक्ष र समानुपातिक गरी दुई पटक सांसद र एक पटक मन्त्री भएका थिए। विश्वेन्द्र भने समानुपातिक सांसद हुँदै मन्त्री बन्न पुगेका थिए। यससँगै यो क्षेत्र जिल्लामा सबैभन्दा धेरै पूर्वमन्त्रीको उम्मेदवारी पर्ने क्षेत्र बनेको छ।

क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट चन्द्रकला देवी यादव, राष्ट्रिय स्वतन्त्र पार्टी तपेश्वर यादव, आम आदमी पार्टीवाट विरेन्द्र साहलगायत ३७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले बताए।

देशभर ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत भएको मनोनयन दर्ताका क्रममा यो संख्यामा मनोनयन दर्ता भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । 

कुल उम्मेदवारमध्ये ३९५ महिला, ३ हजार ८८ पुरुष र १ जना अन्य समूहका छन् । राजनीतिक दलको तर्फबाट २ हजार २९७ जनाले मनोनयन दर्ता गराएका छन्, जसमा २३५ महिला, २ हजार ६४ पुरुष र १ जना अन्य समूहका उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारको संख्या १ हजार १८७ पुगेको छ, जसमा १६० महिला र १ हजार २४ पुरुष छन् ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब