सिरहामा युवाको उम्मेदवारी दर्ता संख्या कमजोर

  • माघ ८, २०८२ | ३०४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, माघ ०८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनको तुलनामा उत्साहजनक देखिएको छ ।

मंगलवार सिरहाको चार वटै निर्वाचन क्षेत्रमा एक सय ३९ उम्मेदवारले मनोयन पत्र दर्ता गराएका छन् ।  १४ राजनीतिक दलहरुबाट जम्मा ५४ जनाको उम्मेदवारी परेको छ भने स्वत्नत्र उम्मेदवारी ८५ जनाले दिएका छन्।

चारै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउनेमा २५ देखि ३५ वर्ष उमेर समूहका २४ जना, ३६ देखि ७० वर्ष उमेर समूहका एक सय १५ जना रहेका छन् । जसमा एक सय १० पुरुष र ८ जना महिला रहका छन् । युवा उम्मेदवारी अधिकांश स्वतन्त्र र रास्वपाबाट उठेका छन् । उम्मेदवारी गरेका युवामा सम्पूर्ण पुरुष रहेका छन् । पुराना दल एमाले, नेकापा, कांग्रेस, जसपा, जनमत, राप्रपा र अन्य पार्टिका नयाँ चेहरामा पुराना मोडल नै छन् ।

सिरहाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार सिरहा–१ मा ३२ जना (स्वतन्त्र १८), सिरहा– २ मा  २९ जना (स्वतन्त्र १५), सिरहा ३ मा ४१ जना (स्वतन्त्र २९) र सिरहा–४ मा ३७ जना (स्वतन्त्र २३) रहेका छन्।

उम्मेदवारी दर्ता गरेका कुनै पनि उम्मेदवारका विरुद्ध उजुरी परेको छैन । बुधबार उम्मेदवारका विरुद्धमा उजुरी गर्ने समयसीमा तोकिएको हो । बुधबार दिउँसो ३ बजेसम्म उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने समयतालिका रहे पनि कुनै उम्मेदवारविरुद्ध उजुरी नपरेको सिरहाका सहायक निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत भेषराज भट्टराईले बताए ।

देशभर १६५ वटै निर्वाचन क्षेत्रमा तीन हजार ४८७ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् । २०७९ सालमा भने दुई हजार ४१२ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका थिए।

यस वर्ष ६८ राजनीतिक दलबाट दुई हजार २९७ ले उम्मेदवारी दर्ता गराएका छन् । जसमा पुरुष २०६४ र महिला २३५ छन् । स्वतन्त्र उम्मेदवारी दिने एक हजार १८७ छन् । जसमा एक हजार २४ पुरुष र १६० महिला रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।

उम्मेदवारी दर्ता गराउनेमा २५ देखि ३५ वर्ष उमेर समूहका ५८३ जना, ३६ देखि ५० वर्ष उमेर समूहका एक हजार ६१० जना, ५१ देखि ६५ वर्ष उमेर समूहका एक हजार ९० जना र ६५ वर्षभन्दा माथिका २०१ जना छन् । सुशासनको मुख्य नारा लिएर भएको जेनजी आन्दोलनपछि उम्मेदवारी दर्ता गराउने युवाको सङ्ख्या बढेको अनुमान गरिएको छ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब