व्हाट्सएपमार्फत एसईई प्रश्न ‘आउट’ : तीन जना प्रहरी नियन्त्रणमा

  • चैत २०, २०८२ | १९८ पटक पढिएको | सीमा संदेश
alt

रौतहटमा एसईई परीक्षा सञ्चालन भइरहेका बेला अनलाइन माध्यम प्रयोग गरी प्रश्न बाहिर निकाल्ने र उत्तर पठाउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। परीक्षाको मर्यादा उल्लंघन गर्ने यस्तो गतिविधिमा उनीहरूको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान करिब १०:३० बजे गरुडा नगरपालिका–४ स्थित गरुडा बजार क्षेत्रबाट विभिन्न परीक्षा केन्द्रमा सहभागी विद्यार्थीलाई लक्षित गर्दै व्हाट्सएप समूहमार्फत प्रश्न ‘आउट’ गरी मोबाइलबाट उत्तर पठाउने काम भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय गरुडाको टोली खटिएको थियो। सोही क्रममा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा गरुडा नगरपालिका–७ का १८ वर्षीय चन्दन पटेल, वृन्दावन नगरपालिका–७ का २० वर्षीय रोहित कुमार पटेल तथा सर्लाहीको बलरा नगरपालिका–८ का १८ वर्षीय धिरज साह रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकर प्रसाद आचार्यले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर जीवन मैनालीका अनुसार पक्राउ परेकामाथि शिक्षा ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ र घटनाबारे थप अनुसन्धान जारी छ।

प्रहरीले एसईई जस्तो संवेदनशील परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन यस्ता गैरकानुनी गतिविधिमाथि निरन्तर निगरानी र कडाइ गरिने जनाएको छ। साथै, परीक्षा प्रक्रियामा संलग्न सबै पक्षलाई नियमको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब