माग पुरा गर्ने वातावरण नबन्ने सम्म वर्ता हुदैन्, आन्दोलित कर्मचारीको भनाई

  • चैत २५, २०८२ | २२६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवले कार्यालय सहयोगी कुटपिट गरेको घटनामा कारबाहीको माग गर्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । नगरपालिकामा कार्यरत कर्मचारीहरू कार्यालयमै धर्ना दिएर प्रदर्शन गरिरहेका हुन् । 

मंगलवार सिरहा नगरपालिका मेयरका तर्फबाट वर्ता बस्न पत्र आएको कर्मचारी आन्दोलन समितिका संयोजक मो.इद्रिश राईनले बताए । तर जब सम्म आन्दोलित कर्मचारीका माग पुरा गर्ने गरी ठोस प्रतिवद्धता सहितको वातावरण नबन्ने सम्म पत्र मात्रले वर्ता हुन नसकिने राईनले बताए ।

पिडित कर्मचारीको उपचार विराटनगरमा भईरहेको छ । उनको रिडको करङ्कको हड्डी भाँचिएको परिवारिक स्रोतले जानकारी दिइएको छ । अहिले अधिकारीक रिर्पोट आएको छैन र नगर प्रमुखको तर्फबाट उपचारका लागि कुनै पनि पहल देखिएको छैन् वर्ता कसरी हुन्छ ।

 पटक पटक नगर प्रमुखले कर्मचारीलाई दुस्मन झै व्यवहार गर्दै आईरहेका छन् । कहिले भन्छ कुनै कर्मचारी योग्य छैन त कहिले भन्छ कामै गर्न आउँदैन् । सर्व गुण सम्मपन मेयर सहाबले यसरी नै कर्मचारी कुटदै वर्ता गदै गयो भने हामी कर्मचारी कसका लागि काम गर्ने भन्ने प्रश्न कर्मचारी साथिहरुका रहेको प्रशासकीय अधिकृत बलिराम यादबले बताए ।

वर्ता बन्द कोठा भित्र मात्र हुनु हुदैन् आन्दोलनमा सहभागी कर्मचारीहरुका भनाई छन् ।  देशका नम्बर वन मेयर सहाबले कर्मचारीलाई किन ज्यान मर्ने सम्मको प्रयास गरी रहेका छन भने कुराको पनि स्पष्ट रुपमा वर्तामा छलफल हुनु पर्छ आन्दोलनमा बसेका कर्मचारीहरुका माग छन्।

कर्मचारीहरू आन्दोलनमा उत्रिँदा नगरपालिकाको कामकाज ठप्प बनेको छ । नगर प्रमुख यादवले सोमबार बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात्ती र मुक्का हानेका थिए।

अहिले उपचार गराइरहेका पीडित कर्मचारीको निःशुल्क उपचार हुनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने, नगर प्रमुखमाथि प्रचलित कानूनी बमोजिम कडा कारबाही हुनुपर्ने तथा कर्मचारीले आत्मसम्मानपूर्वक काम गर्न पाउने वातावरण निर्माण गरिनुपर्ने कर्मचारीहरूको माग छ ।

आफूहरूको मागलाई गम्भीरतापूर्वक नलिई सम्बोधन नगरिए आन्दोलन निरन्तर रहने सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले बताए ।

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब