कार्यालय सहयोगी कुटने नगर प्रमुख फरार, एक जना पक्राउ

  • चैत २७, २०८२ | २७५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिकाका प्रमुख नवीनकुमार यादव आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि मोबाइल स्विच अफ गरेर फरार भएका छन् । नगरपालिकामा कार्यरत कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा पक्राउ पुर्जी जारी भएपछि उनी मोबाइल स्विच अफ गरेर बसेका हुन् ।

घटनापछि पीडितको उजुरीका आधारमा मेयर यादवविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालय, सिरहाबाट पक्राउ अनुमति लिइसकिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिएका छन्।

उनका अनुसार, पक्राउ पुर्जी जारी भएसँगै मेयर यादवको खोजी कार्य तीव्र पारिएको छ। सोही घटनामा संलग्न भनिएका नगरपालिकाका कर्मचारी रोहित मेस्तरलाई भने प्रहरीले पहिले नै नियन्त्रणमा लिइसकेको छ।

गत सोमबार बिहान करिब ९ बजे हाजिरी लगाउने क्रममा ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवमाथि मेयर यादवले गालीगलौज गर्दै लात र मुक्काले आक्रमण गरेका थिए।

उक्त घटनामा घाइते भएका कार्यालय सहयोगी रामशरण यादवको रिडको चार वटा करङ् हड्डी भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल उनको विराटनगरस्थित अस्पतालमा उपचार सम्भवन नभएपछि काठमाण्डौँ लगिएको परिवार स्रोतले बताएका छन् । 

पिडितको आर्थिक अवस्था कमजोरका कारण उपचारमा समस्या भएपछि आन्दोलनमा बसेका कर्मचारीहरु चन्दा संकलन गरी सहयोग गरिरहेका छन् र सहयोगका लागि खाता नम्बर सहितको सूचन सार्वजनिक गरी अपिल पनि गरेका छन् ।

पिडितको उचार समस्या भईरहेको छ । तर हाल सम्म मेयर पक्राउ नपर्नु र आन्दोलन कर्मचारीसँग वर्ताका पहल नहुनु सिरहा प्रशासनको गम्भिर लपरवाही रहेको नगरवासीका भनाई रहेका छन् ।

यदि मेयरलाई पक्राउ गरेर करवाहीका दायरमा नल्याए सिरहाका नगरिक समाज र विभिन्न राजनीतिक पार्टिका कार्यकर्ताहरु पनि आन्दोलनमा उत्रिने तयारी गरिरहको बुझिएको छ ।

669022123_2787459441601499_4049085873808923446_n

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब