मधेश प्रदेशका जिल्ला कारागारहरूमा क्षमताभन्दा बढी कैदी

  • चैत २८, २०८२ | ६७ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशका जिल्ला कारागारहरूमा क्षमताभन्दा अत्यधिक कैदी–बन्दी राखिँदा व्यवस्थापन अस्तव्यस्त बन्दै गएको छ ।

कारागार सम्बन्धी विवरण अनुसार क्षमता भन्दा बढी २ हजार २५० कैदी रहेको छ । उपलब्ध कारागार विवरण अनुसार बाल सुधार गृहसहित मधेशका ७ वटै कारागारमा महिला ९९ र पुरुष १ हजार १२० गरी १ हजार २१९ क्षमता रहेको महिला १२८ र पुरुष २ हजार ९४१ कैदी बन्दी राखिएको छ ।

क्षमताभन्दा झण्डै दोब्बर कैदी राखिँदा कारागारभित्र सुरक्षा, स्वास्थ्य र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । विवरण अनुसार सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट र पर्सा कारागारमा अत्यधिक भीडभाड छ । सप्तरी कारागारमा १४५ क्षमता भएकोमा ३५८, सिरहा कारागारमा १५० क्षमतामा ४१४, महोत्तरी २ सय क्षमतामा ४१२, सर्लाही कारागारमा २ सय क्षमतामा ३७३, रौतहट कारागारमा २ सय क्षमतामा २ सय ८ र पर्सा कारागारमा २ सय क्षमता रहेको स्थानमा १ हजार २०५ कैदी बन्दी राखिएको छ ।

कतिपय कारागारमा क्षमताभन्दा दोब्बर नजिक कैदी–बन्दी राखिएको देखिएको छ । सीमित स्थानमा धेरै कैदी राखिँदा सुत्ने ठाउँको अभाव, शौचालय र खानेपानीको समस्या, स्वास्थ्य जोखिम तथा झगडाको अवस्था बढ्दै गएको कारागार स्रोत बताउँछ । अत्यधिक भीडभाडकै कारण कारागारभित्र पटक–पटक विवाद, कुटपिट र तनावको अवस्था सिर्जना हुँदै आएको छ ।

कैदी– बन्दीबीच सामान्य विषयमा समेत झडप हुने, नियन्त्रणमा लिन कठिन हुने तथा सुरक्षाकर्मीमाथि दबाब बढ्ने समस्या देखिएको छ। भीडभाडले सरसफाइ कमजोर हुँदा संक्रामक रोग फैलिने जोखिम समेत बढेको छ । यस्तो अवस्था लामो समयदेखि दोहोरिँदै आए पनि सरकार प्रभावकारी व्यवस्थापन गर्न नसकेको आरोप लागिरहेको छ ।

मुद्दाको ढिलाइ, वैकल्पिक सजायको प्रयोग नगर्नु, पूर्वाधार विस्तारमा ढिलासुस्ती तथा जनशक्ति अभावले समस्या झनै जटिल बन्दै गएको सरोकारवालाहरू बताउँछन् । कारागार सुधारको घोषणा हुँदै आएपनि सरकार निरीह रहेका कारण व्यवहारमा कार्यान्वयन नहुँदा स्थिति झनै बिग्रिदैं गएको हो । जसको प्रत्यक्ष उदाहरण पछिल्लो पटक सिरहा कारागारमा पटक पटक हुँदै कुटपिट घटना हो ।

पर्सा कारागारमा समेत कयौं पटक कुटपिट लगायतका घटना बाहिर आइसकेको छ । क्षमताभन्दा धेरै कैदी राख्ने प्रवृत्ति नियन्त्रण नगरे सुरक्षा जोखिम, फरार घटना र ठूलो विवाद निम्तिने खतरा बढ्दै गएको छ ।

कारागार व्यवस्थापनमा सरकार कमजोर देखिँदा भीडभाडको समस्या स्थायी बन्दै गएको भन्दै तत्काल वैकल्पिक व्यवस्था, पूर्वाधार विस्तार र मुद्दा छिटो टुंग्याउने प्रणाली लागू गर्न माग गरिदैं आएपनि सरकारले चासो लिएको देखिदैन ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब