सर्वोच्चले दियो गगन थापाको नेतृत्वलाई मान्यता, देउवा र खड्काको रिट खारेज

  • वैशाख ५, २०८३ | १५२ पटक पढिएको | सीमा संदेश
alt

नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले वर्तमान सभापति गगनकुमार थापाको पक्षमा फैसला गरेको छ । 

सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिको पक्षमा निर्णय दिएको हो । तत्कालीन सभापति शेरबहादुर देउवा र कावा सभापति पूर्णबहादुर खड्काले थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय र विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए । 

सर्वोच्चले देउवा र खड्काले दायर गरेको रिट खारेज गरिदिएको छ । संविधान, कानुन र नेपाली कांग्रेसका विधानविपरीत निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएको दाबी रिटमा गरिएको थियो । 

उक्त रिटमा सुनुवाई सकिएपछि सर्वोच्चबाट निर्णय आएको हो । यो निर्णयपछि सभापति गगनलाई सभापतिको हैसियतमा काम गर्न थप सहज भएको छ । 

आफूलाई कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित सभापतिकै हैसियतमा रहेको भन्दै देउवाले विशेष महाधिवेशनलाई नै अवैध भनेका थिए । 

सर्वोच्चले देउवा र खड्काको दाबी खारेज गर्दै थापा नेतृत्वमा रहेको नेपाली कांग्रेस र आधिकारिकता दिने गरी निर्वाचन आयोगबाट भएको निर्णयलाई वैधता दिएको छ । 

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब