वैशाख १८ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

  • वैशाख १८, २०८३ | ४८ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल वैशाख १८ गते । शुक्रबार । इस्वी सन् २०२६ मे १ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–पूर्णिमा, ४१ घडी १५ पला, बेलुकी ९ बजेर १५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–स्वाती, ५६ घडी ७ पला, रातको ३ बजेर ५४ मिनेट उप्रान्त विशाखा । योग–सिद्धि, ३८ घडी ४० पला, बेलुकी ८ बजेर ५ मिनेट उप्रान्त व्यातिपात । करण–भद्रा, बिहान ९ बजेर १८ मिनेट उप्रान्त बव, बेलुकी ९ बजेर ५७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–गद योग । चन्द्रराशि–तुला । काठमाडौँमा सूर्योदय बिहान ५ बजेर २७ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३६ मिनेट । दिनमान ३२ घडी ५४ पला ।

दिन विशेष : पूर्णिमाव्रत । कूर्मजयन्ती ।  चण्डीपूर्णिमा ।  वैशाखस्नान समाप्ति ।  गौतमबुद्ध जयन्ती । उभौलीपर्व, गोरखनाथ जयन्ती  ।  मजदुर दिवस  । 

आजको बार बेला ।

  • बिहान ५ बजेर २७ मिनेटसम्म चर बेला ।
  • बिहान ५ बजेर २८ मिनेटदेखि बिहान ७ बजेर ६ मिनेटसम्म लाभ बेला ।
  • बिहान ७ बजेर ७ मिनेटदेखि बिहान ८ बजेर ४४ मिनेटसम्म अमृत बेला ।
  • बिहान ८ बजेर ४५ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म काल बेला ।
  • बिहान १० बजेर २४ मिनेटदेखि बिहान १२ बजेर २ मिनेटसम्म शुभ बेला ।
  • दिउँसो १२ बजेर ३ मिनेटदेखि दिउँसो १ बजेर ४१ मिनेटसम्म रोग बेला ।
  • दिउँसो १ बजेर ४२ मिनेटदेखि दिउँसो ३ बजेर १९ मिनेटसम्म उद्वेग बेला ।
  • दिउँसो ३ बजेर २० मिनेटदेखि बेलुकी ४ बजेर ५८ मिनेटसम्म चर बेला ।
  • बेलुकी ४ बजेर ५९ मिनेटदेखि बेलुकी ७ बजेर ५८ मिनेटसम्म रोग बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान १० बजेर २३ मिनेटदेखि दिउँसो १२ बजेर १ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ५१ मिनेटदेखि बिहान ४ बजेर ३९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गीत सङ्गीत तथा मनोरञ्जनात्मक क्षेत्रको प्रतिनिधित्व गर्दै यात्रामा निस्कन सकिनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेका कामलाई सकाउन सकिनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्रा हुने ग्रहयोग रहेको छ । बिलासी वा महँगा सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । शुभ माङ्गलिक सभा समारोह तथा धार्मिक कार्यक्रममा सहभागी हुने अवसर जुर्नेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो समयदेखि थाती रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने मित्रहरूको सहयोग रहनाले समयमा कामहरू बन्नेछन् भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको सिलसिलामा यात्रा गर्न सकिने समय रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा साथीभाइसँग राय नमिल्दा दैनिक काम प्रभावित हुन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आइसकेको काम अरूले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । तर पनि अध्ययन तथा खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार तथा औद्योगिक क्षेत्रमा गरेका लगानी फस्टाएर जानेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) उद्योग तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाइ तथा आफन्तहरू खुसी हुनेछन् । प्रेममा नजिक हुने समय रहेको छ । धार्मिक तथा माङ्गलिक कार्यक्रममा सहभागी हुन पाउँदा मन प्रसन्न हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) विगतमा गरिएको कामको सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न रहनेछ । रोकिएर बसेका कामहरू सम्पादन हुनेछन् भने नयाँ काम गर्ने वातावरण बन्नेछ । पढाइ लेखाइमा अरूभन्दा एक कदम अगाडी बडी नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरू पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने व्यापार तथा उद्योगमा लगानी बढाउँदा भनेजस्तो आम्दानी हुनेछ । पढाइ लेखाइ तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहनेछ । धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ । खेलकुद तथा पराक्रमी क्रियाकलाप सहभागी भई आफ्नो प्रस्तुति दिन सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तर पनि लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा नोकरी पाउने योग रहेको छ ।  
    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामको सवालमा विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आफन्त, घरपरिवार तथा साथीभाइहरूका सहयोग पाइनाले मन प्रसन्न रहनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार वा उद्योगमा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागी समय फलदायी रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक तथा धार्मिक काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यवसायमा लगानीका प्रस्ताव आउने तथा मनग्गे धन आर्जन गर्न सकिने हुनाले जीवनशैलीमा परिवर्तन हुनेछ  । पढाइमा मन जानेछ भने पढाइकै सवालमा लामो दुरीको यात्राको तय हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । कृषि तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी बढाउन सकिनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)सामाजिक तथा धार्मिक काममा अभिरुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला उपलब्धि हासिल हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ । प्रेममा सामिप्यता बढ्नेछ ।
    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शरीर कमजोर हुनाले दैनिक कामहरू प्रभावित हुनेछन् । व्यवसायमा लगानी गरी हाल्ने समय नरहेकोले केहि समय कुर्नु नै राम्रो होला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । बाध्यतामा तथा अरूकै काममा समय व्यातित हुँदा मन खिन्न हुनेछ । सानो उपलब्धिमा दिन व्यातित हुने सम्भावना रहेको छ ख्याल गर्नुहोला । तर पनि माया प्रेमको गाँठो कसिलो हुनेछ । धार्मिक यात्राको योग रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

ठूलो नगदबोकेका नेपालीसहित दुईजना पक्राउ

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हुण्डी कारोबार नियन् ...

बगरमै मोहरः खरबुज खेतीबाट मनग्य आम्दानी

निजी जग्गा नभएका धनुषा–सिरहाको सीमावर्ती क्षेत्रत ...

पेट्रोल र डिजेलको भाउ घट्यो, हवाइ इन्धन र ग्यासको

नेपाल आयल निगम लिमिटेडले बिहिबार रातीबाट लागू हुने गरी& ...

आज वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै

शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति तथा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब