सिरहाका सवै शैक्षिक संस्थाले सातामा दुई दिन सार्वजनिक विदा दिनुपर्ने

  • वैशाख २३, २०८३ | ५९ पटक पढिएको | सीमा संदेश
alt

जिल्लाका शैक्षिकसंस्थाहरुले आ–आफ्नै प्रकारले शैक्षिक गतिविधि गर्न थालेपछि शिक्षा विकास तथा समन्वय इकाई सिरहाले जिल्लाका सवै स्थानीय तह तथा विद्यालयहरुलाई सातामा दुई दिन सार्वजनिक विदा दिन पत्राचार गरेको छ। नेपाल सरकार मन्त्रिरिषद्को निर्णय अनुसार सम्पूर्ण शैक्षिक संस्थाहरुलाई शनिवार र आईतबार दुईदिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वनको लागि पत्राचार गरेको हो। 

जारी पत्रमा दुई दिन सार्वजनिक विदा दिने निर्णय भएको सम्दर्भमा परिवर्तित शैक्षिक सत्र एवम् सार्वजनिक बिदा अनुसार शैक्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने व्यवस्थाका लागि सबै स्थानीय तह एवम् अन्तर्गतका सम्पूर्ण सामुदायीक तथा संस्थागत विद्यालाई अनुरोध गरिन्छ। भन्ने उल्लेख गरिएको छ।

पत्रमार्फत शैक्षिक गतिविधिलगायत विभिन्न प्रवर्धनात्मक र रचनात्मक शैक्षिक कार्यहरु समेत गर्नु गराउनुहुन अनुरोध छ। 

विशेषगरी निजी विद्यालयहरुले अझै सरकारी निर्णय पालना नगरेको भन्दै स्थानीय तहहरुले सचेत गराउँदै आएपनि अटेर गर्दै आएको छ।

केही स्थाननिय तहले आईतबार देखि शुक्रवारसम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब