वि.सं. २०८३ साल ज्येष्ठ ११ गते, सोमबार। ईस्वी सन् २०२६ मे २५ तारिख। नेपाल संवत् ११४६। रौद्र संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। श्रीशाके १९४८। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– नवमी, ८ घडी १६ पला, बिहान ८ बजेर ३१ मिनेट उप्रान्त दशमी।
नक्षत्र– पूर्वाफाल्गुनी, ४ घडी २७ पला, बिहान ६ बजेर ५९ मिनेट उप्रान्त उत्तराफाल्गुनी। योग– हर्षण, ६ घडी ४६ पला, बिहान ७ बजेर ५५ मिनेट उप्रान्त बज्र। करण– कौलव, बिहान ८ बजेर ३१ मिनेट उप्रान्त तैतिल, बेलुकी ८ बजेर १६ मिनेट उप्रान्त बव। आनन्दादिमा– ध्वज योग। चन्द्रराशि– सिंह, दिउँसो १ बजेर १ मिनेट उप्रान्त कन्या। काठमाडौंमा सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा र सूर्यास्त बेलुकी ६ बजेर ५० मिनेटमा। दिनमान ३४ घडी ४ पला।
आजको बार बेला (शुभ–अशुभ समय)
(नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभ बेला र अमृत बेलाको समय पारेर गर्नुहोला।)
बिहान ६ बजेर ५४ मिनेटदेखि बिहान ८ बजेर ३६ मिनेटसम्म राहुकाल रहनेछ।
(नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुँदैन भन्ने शास्त्रीय मान्यता रहेको छ।)
ब्रह्म मुहूर्त
बिहान ३ बजेर ३६ मिनेटदेखि बिहान ४ बजेर २४ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ।
आजको राशिफल
बिहानको समय राम्रो रहेकोले माया–प्रेममा सामीप्य बढेर जानेछ। वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रसन्न हुनेछ। अध्ययनमा सुधार गर्दै नतिजा आफ्नै पोल्टामा पार्न सकिनेछ। साथीभाइ तथा आफन्तका साथ रमाइलो गर्दै समय व्यतीत गर्न सकिनेछ। व्यापार, औद्योगिक क्षेत्र तथा सेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ। मध्याह्नबाट जीवनशैली व्यस्त रहे पनि आर्थिक पक्ष केही कमजोर रहन सक्छ। कुनै पनि विवादमा सामेल नहुनुहोला, हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नुपर्ने हुन सक्छ।
विलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ। साथीभाइ तथा आफन्तका साथ मनोरञ्जन गर्दै दिनलाई रङ्गीन बनाउन सकिनेछ। पैत्रिक धन तथा सम्पत्तिको प्रयोगमार्फत लाभ लिन सकिनेछ। सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइ जनमानसमा लैजान सकिनेछ। व्यापार, औद्योगिक क्षेत्र तथा सेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ। अध्ययन वा कामको सवालमा लामो दूरीको यात्राको योग रहेको छ।
बिहानको समय राम्रो रहेकोले जोसिलो काम गर्ने आँट आउनेछ। सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन्। काम वा अध्ययनबाट विश्राम पाइनेछ। यात्रा तथा मनोरञ्जनमा रमाइलो गर्दै समय व्यतीत हुनेछ। मध्याह्नबाट समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला, काम बिग्रने हुँदा मान–सम्मानमा कमी आउन सक्छ।
गीत–सङ्गीतको क्षेत्रमा समय लगानी गर्नेहरूका लागि समयले साथ दिनेछ। होटल तथा रेस्टुरेन्ट पेसा–व्यवसायबाट आम्दानीलाई दोब्बर बनाउन सकिनेछ। परिवारका साथ रमाइलो गर्दै समय व्यतीत हुनेछ। छोटो दूरीको रमाइलो यात्रा हुने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। अध्ययन वा काममा प्रविधिको प्रयोग गर्न सकिनेछ। न्यायिक निर्णयहरू तपाईं आफ्नै पक्षमा फैसला हुनेछन्।
कुटुम्ब तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ। खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ। अध्ययन तथा अध्यापनको क्षेत्रमा अरूभन्दा अगाडि बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ। खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ। व्यापार, औद्योगिक क्षेत्र तथा सेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ।
बिहानको समय मध्यम रहेकोले अनावश्यक खर्च बढ्ने योग रहेको छ। न्यून पारिश्रमिकमा दिनभर समय व्यतीत गर्नुपर्दा मन खिन्न हुनेछ। माया–प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ। मध्याह्नबाट समयमा सुधार हुने हुनाले विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन्। सुन्दर तथा विलासी वस्तुहरूको प्रयोगमार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ। उत्तम वस्त्र, मनपर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ।
बिहानको समय उत्तम रहेकोले चाडबाड लक्षित सामानको व्यापारबाट आम्दानी बढाउन सकिनेछ। प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ। प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ। परिवार तथा साथीभाइका साथ रमाइलो गर्दै समय व्यतीत हुनेछ। मध्याह्नबाट साथीभाइ तथा आफन्तहरूको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाका लागि अलि बढी मिहिनेत गर्नुपर्नेछ। स्वास्थ्यसम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुनेछैन।
व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेको छ। विशिष्ट व्यक्तिहरूको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ। सामाजिक क्षेत्रमा तपाईंलाई सबैले मान्नेछन् भने नेतृत्व लिनुपर्ने अवस्था आउनेछ। जनताको कामहरू समयमा गर्न सकिने हुनाले इज्जत र प्रतिष्ठा बढेर जानेछ। प्रेममा उच्च सफलता प्राप्त हुनेछ। साथीसङ्गी तथा परिवारका साथ रमाइलो गर्दै समय व्यतीत गर्न सकिनेछ।
बिहानको समय राम्रो रहेकोले मन्दिर तथा धार्मिक प्रतिष्ठानको यात्रामा सहभागी हुन सकिनेछ। शैक्षिक वा कर्म प्राप्तिका लागि लामो दूरीको यात्राको योग रहेको छ। चाडबाड लक्षित सामानको व्यापारबाट मनग्ये आम्दानी हुनेछ। समयले साथ दिने हुनाले परिवारको साथमा मिष्ठान्न भोजन, रमाइलो यात्रा तथा भेटघाटमा समय बित्नेछ। मध्याह्नबाट स्वास्थ्यसम्बन्धी समस्या आई दैनिकी प्रभावित हुन सक्छ। यात्रा गर्दा वा सवारीसाधनको प्रयोग गर्दा विशेष ध्यान दिनुहोला।
बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहनेछैन। सहयोग गर्नेभन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। मध्याह्नबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ। खानपान र मनोरञ्जनमा समय व्यतीत हुनेछ। कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ। धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ।
बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्ये धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ। पढाइलेखाइमा मन जानेछ भने पुरस्कार आफ्नै पोल्टामा पार्न सकिनेछ। मनोरञ्जनमा समय व्यतीत हुनेछ। मध्याह्नबाट आफन्त तथा चेली–माइतीबीच वैमनस्यता बढ्ने ग्रहयोग रहेकोले सचेत रहनुहोला। माया–प्रेममा धोका हुन सक्छ भने पति–पत्नीबीच दाम्पत्य जीवनमा खटपट आउन सक्छ। समय तथा परिस्थितिअनुसार नचल्नाले दुःख पाइनेछ। सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ।
तार्किक क्षमतामा वृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ। एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ। व्यापार, औद्योगिक क्षेत्र तथा सेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ। माया–प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्गप्रतिको आकर्षण बढेर जानेछ। पढाइमा अरूभन्दा एक कदम अगाडि बढेर सफलता हात पार्न सकिनेछ। परिवार तथा साथीभाइका साथ रमाइलो गर्दै समय व्यतीत गर्न सकिनेछ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved