वि.सं.२०८३ साल जेठ २० गते । बुधबार । इस्वी सन् २०२६ जुन ३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ कृष्णपक्ष । तिथि–तृतीया, ३५ घडी १० पला, बेलुकी ७ बजेर १४ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–पूर्वाषाढा, ४५ घडी ४१ पला, बेलुकी ११ बजेर २७ मिनेट उप्रान्त उत्तराषाढा । योग–शुभ, ५ घडी ५१ पला, बिहान ७ बजेर ३० मिनेट उप्रान्त शुक्ल । करण–वणिज, बिहान ६ बजेर २१ मिनेट उप्रान्त भद्रा, बेलुकी ७ बजेर १४ मिनेट उप्रान्त बव । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–धनु । काठमाडौँमा सूर्योदय बिहान ५ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५४ मिनेट । दिनमान ३४ घडी २१ पला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ३४ मिनेटदेखि बिहान ४ बजेर २२ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ । मौसम अनुसारको सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सामाजिक तथा कल्याणकारी काम गरी नाम कमाउन सकिनेछ । धर्म तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लामो दुरीको धार्मिक वा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसायमा लगानी गरे पनि समयमा प्रतिफल प्राप्त नहुँदा आर्थिक सङ्कटको सामना गर्नुपर्ला । आम्दानीको तुलनामा खर्च धेरै हुनाले दैनिकी प्रभावित हुनेछ । नचाहँदा नचाहँदै तपाईँको बोलिले अरूको मन दुख्नेछ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटनाहरू घट्न सक्छ । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो नतिजा आउने छैन । मनमा एक किसिमको निराशापनको विकास हुने योग रहेको छ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्तसँग रमाइलो यात्रा हुने तथा यात्राका क्रममा भरपुर मनोरञ्जन लिन सकिनेछ । एकल तथा साझेदारी व्यापार व्यवसाय फस्टाएर जानेछ । शेयर बजार तथा औद्योगिक क्षेत्रको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान आकर्षित गर्न सकिनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । विद्या तथा कुनै पनि प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानी फस्टाएर जाने हुनाले आर्थिक मुद्दाहरू सहजै हल भएर जानेछन् । पुराना ऋण तथा रोगबाट मुक्ति पाउने समय रहेको छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै नयाँ ठाउँको यात्रामा निस्कन सकिनेछ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरीको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईँले सुरु गरेको काममा सहयोग तथा समर्थन पाइनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रसन्न हुनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा साथी भाइसँग राय नमिल्दा दैनिक काम प्रभावित हुन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आइसकेको काम अरूले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । तर पनि अध्ययन तथा खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ । शेयर बजार तथा व्यापारमा गरेका लगानी फस्टाएर जानेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साहसी तथा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ । लेखन, कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेको छ । प्रेम सम्बन्धहरूमा आत्मीयता थप प्रगाढ हुनेछ । अनलाइन व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी नाफा कमाउन सकिनेछ । विशिष्ट व्यक्तिबाट सम्मान पाइने योग रहेको छ ।
- वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) धन स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार वा शेयर बजारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ भने आफन्त तथा कुटुम्बको सहयोग पाइनेछ । ज्ञान, कला तथा साहित्यलाई निखार्न सकिनेछ । बिचार र बोलीले धेरैको मन जित्न सकिनेछ । परिवारका साथ रमाइलो यात्रा गर्न सकिनेछ । प्रेममा रमाउन चाहानेहरुका लागी समय उत्तम रहेको छ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ प्रविधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । बिछोड भएका सम्बन्धहरू पुनः सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बिच विश्वास बढ्नेछ । होटल, रेष्टुरेन्ट तथा बोलेर गर्ने पेसा व्यवसाय फस्टाएर जानेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय मध्यम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिने छैन । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । लामो दुरीको यात्रा हुनेछ । विदेशमा बसेर काम तथा अध्ययन गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) वन्द व्यापार तथा शेयर बजारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । प्राकृतिक स्रोत तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भइपरि आउने समस्याहरू सहजै समाधान हुनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा यात्रा हुनेछ । राज्यको मेकानिजम्भित्र बसेर काम गर्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तक तथा सहयोगीको सल्लाहले राम्रा काम गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा आज गरिने लगानी आगामी दिनमा आम्दानीको गतिलो स्रोत बन्नेछ । प्रेममा आफ्नो भावना साटासाट गर्ने वातावरण बन्नेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।