सामान्यतया दर्शन भन्नाले जीवन र जगतलाई हेर्ने,बुझ्ने र व्याख्या गर्ने दृष्टिकोणलाई बुझाउँछ । सत्यता के हो? ज्ञान कसरी आर्जन गर्न सकिन्छ? भन्ने प्रश्नहरूको खोजी नै दर्शन हो । मानव र प्रकृतिविचको अन्तरसम्बन्ध बारेको अध्ययन पनि दर्शन हो । जुनबेला मानिसहरू असभ्यता बाट सभ्यता तर्फ अघि बढ्न थाले । त्यस पछि मात्रै दर्शनको विकास भएको मानिन्छ । जुन दर्शनको उत्पति र विकास युरोपमा भयो । त्यसलाई पाश्चात्य दर्शन भनियो भने जुन दर्शन एसियामा जस्तो भारत ,चीन,नेपाल र जापानमा देखापर्यो त्यसलाई पूर्वीय दर्शन भनियो यस प्रकारले दर्शनलाई पूर्वीय दर्शन र पश्चिमी दर्शन गरी दुई प्रकारहरू भएका हुन । दुवै दर्शनहरू भनेका फरक – फरक चिन्तनहरू हुन् ।
अब यहाँ बुझ्नु पर्ने कुरा भौतिकवाद भनेको चाहिँ के हो त? वर्तमानमा यसको सान्दर्भिकता किन अझै बढिरहेको छ? भन्ने कुरा बुझ्नु अपरिहार्य हुन्छ । मुख्यत भौतिकवाद एउटा दर्शन हो । यो त्यो दृष्टिकोण हो जसले पदार्थ वा वस्तु लाई नै अन्तिम शास्वत सत्य मान्दछ । यस संसारमा आँखाले देख्न सक्ने जतिपनि वस्तुहरू छन् जसलाई छुन र अनुभव गर्न सकिन्छ त्यस्ता कुराहरूलाई प्राथमिकता दिन्छ ।
हाम्रो ज्ञानेन्द्रिय भित्र आउने जुन चीजहरू छन् यिनै कुराहरू त यो यो भौतिक संसार छ । यस बाहेक अरु के छ र? अरु केही पनि छैन । भौतक संसारमा यी सब कुरा चलाउन विकास गर्न यसका केही नियम र प्रक्रियाहरू छ । यसमा यस बाहेक अरु कुनै बाहिरी शक्ति छैन । र यसको कुनै प्रभाव पनि छैन । वास्तविकता यही नै हो । यो दृष्टिकोण अनुसार आध्यात्मवाद भन्दा भौतिक वाद नै राम्रो हो । भौतिक जीवन नै राम्रो र सुखी हो भन्नेमा विश्वास गर्दछ ।
भौतिकवाद र आध्यात्मवाद दुई विपरीत ध्रुवमा उभिएका दार्शनिक विचारहरू हुन । भौतिकवादले ईश्वरलाई वा कुनै अलौकिक कुरालाई अस्वीकार गर्दछ । यसले संसारको उत्पति पदार्थबाट भएको भन्ने मान्यता राख्दछ । तर आध्यात्मवाद वा आदर्शवादले ईश्वर नै यस ब्रह्माण्डको सृष्टिकर्ता र यसको सञ्चालक हो भनी स्वीकार गर्दछ ।श्रृष्टिको सम्पूर्ण स्रोत नै ईश्वरलाई मानदछ । इश्वर बिना कुनै कुरा सम्भव नहुने ठान्दछ । यसले चेतना,विचार र आत्मालाई प्रमुख तत्व मान्दछ भने पदार्थलाई गौंन मान्दछ ।
झण्डै ३५०० देखि ४००० वर्ष अघि देखि नै अध्यात्मवादी धारणा समाजमा चल्दै आएको पुरानो धारणा हो । यस धारणा अनुसार समाजमा कुनै समस्या वा घटना भयो भने त्यसको एउटै कारण हो इश्वर । इश्वर प्रति मानिस यति अन्धभक्त हुन्छन् कि सबथोक इश्वरकै कारणले हुन्छ भनी विश्वास गर्छन् । मानिस किन धनी हुन्छ ईस्वरले गर्दा र गरिब किन बन्छ? यसको एउटै जवाफ हो ईश्वरले गर्दा।
दन गर्ने , भक्ति गर्ने , पुण्य गर्यो भने अर्को जन्ममा धनी हुने र सुखी हुने यदि त्यसो नगरेको खण्डमा वा पाप गर्यो कुकर्म गर्यो भने अर्को जन्ममा गरिब र दुःखी हुनु पर्छ भन्ने खालको भाग्यवाद ,आदर्शवाद र अन्धविश्वासको खेती हाम्रो समाजमा धेरै पहिले देखिनै चल्दै आयो । यसरी यति धेरै समय बिति सकेपछि अन्ततः समाजले यसलाई परम्परा ठान्यो । संस्कृति ठान्यो । जुन अभ्यास र परम्पराले समाजलाई अगाडि बढ्न होइन बरु पछाडि धकेल्ने काम गर्यो ।
त्यसै गरी धर्मलाई भौतिकवादी विचारले समाज रुपान्तरणको बाधकको रूपमा ठान्दछ । धर्म रहेसम्म समाजमा कुनै परिवर्तन हुन सक्दैन । यो एउटा भ्रम मात्र हो । वास्तविकता त्यहाँ केही हुन्न । हुन त धर्मले मानिसलाई एकतामा बाँध्ने, सही मार्गमा हिँड्न सिकाउने , दुखीलाई दया गर्नु ,असहायलाई सेवा गर्नु , झुठो नबोल्नु ,पाप नगर्नु ,दुष्ट व्यवहार नगर्नु ,ठूलालाई सम्मान गर्नु र सानालाई माया गर्नु , भलाईको काम गर्नु पर्छ भनिए ता पनि धर्म एउटा विश्वास मात्र हो । आस्था मात्र हो । यो त गरिबी,, अशिक्षा र अज्ञानताको जगमा उभिएको हुन्छ जबसम्म मानिसहरूमा चेतना , ज्ञान , बुद्धि आउदैन तब सम्म यसलाई विश्वास गर्ने र यसैको पछि लागिरहन्छन भन्ने हो ।
यस्ता वन्धबिस्वस्को पछि लाग्नु भनेको समय बर्वाद गर्नु मात्र हो । यसमा कुनै सत्यता छैन । धर्म एउटा अफिम जस्तै हुन्छ जुन मानिसले लिन थाले पछि उ बेहोस जस्तै हुन्छ वा उसलाई बनाई दिन्छ जसले गर्दा उसले राम्रो वा नराम्रो बुझ्न वा छुट्याउन सक्दैन र उसले जे पनि गरिदिन्छ । त्यतिमात्र नभई धारले सहिष्णुता होइन साम्प्रदायिकता फैलाउँछ । ,शान्ति होइन द्वन्द निम्त्याउँछ । धर्महरू को नाममा लुट र आतंक मच्चाउने हुन्छ । धर्मको कारणले गर्दा उत्पन्न हत्या हिंसा जस्ता गतिविधिले गर्दा संसारमा लाखौं करोडौं मानिसले ज्यान गुमाउनु परेको तथ्य विगतबाट सिक्न सकिन्छ । विश्वयुद्ध जस्ता ठूला ठूला घटना धर्मकै कारणले भएका थिए । हिटलर जस्ता शासकले यहूदिहरूको जन्म संसार कब्जा गर्न भएको अभिव्यक्तिले विश्व युद्ध निम्त्यायो ।
त्यतिमात्र होइन , धार्मिक अतिवादले समाजमा विखण्डन निम्त्याउँछ । सदभाव कायम हुन दिँदैन । धार्मिक विभेद सृजना हुन्छ । धर्मको नाममा ज्यादती बढ्न थाल्छ। धर्म अनुसार समाजमा मनाइने चाड पर्वहरू धार्मिक र संस्कृति उत्सवहरु हुन । यस्ता पर्वहरूमा देवी देवतालाई खुसी पार्न अरुको ज्यान लिने पशु बलि दिने संस्कृति पक्कै पनि राम्रो होइन। समाजमा चल्दै आएको संस्कृति,परम्परा , रिती रिवाज सबै खत्तम हो भन्ने होइन त्यस भित्र रहेका गलत ,खराब र विकृति जन्य कुरा वा अभ्यास लाई हटाउनु पर्छ भन्ने हो । त्यसो भएमात्र समाज विकृतिबाट मुक्त हुन सक्छ ।
आजको युगलाई विज्ञान र प्रविधिको युग भनिन्छ । अर्थात् यो भौतिक विज्ञानको युग हो । भौतिक समाजको युग हो । भौतिक रूपले सुसम्पन्न र विकास भएको समाजलाई मात्र भौतिक समाज भन्न मिल्दैन । मानसिक र आत्मिक रूपले पनि सम्मपन भएको समाज वास्तविक भौतिकवादी हो । भौतिक समाज एउटा यस्तो समाज हो
जसलाई कुनै राजनीतिक सङ्गठन भन्न मिल्दैन । न त यो कुनै भातृ सङ्गठन नै हो । न त कुनै जातीय मोर्चा नै हो । यो केवल विज्ञान लाई मान्ने समाज हो । यसले ईश्वरीय शक्तिलाई मान्दैन । संसार चलाउन कुनै इश्वर आबस्यक छैन । प्रकृतिको नियम अनुसार चल्छ । यो भौतिक विचार राख्नेहरुको प्लेटफर्म हो । भौतिकवादी समाज भनेको भौतिक दृष्टिकोण राख्नेहरूको साझा मोर्चा हो ।
आदर्शवाद भन्दा भौतिकवादी जीवन राम्रो हो । भौतिकवादले नै मानिसको जीवन सुखी र सम्पन्न बनाउन सक्दछ । यसको विकल्प अरु केही हुन सक्दैन । भौतिकवादी समाजले आर्थिक प्रणाली, सामाजिक प्रणाली ,सांस्कृतिक प्रणाली सम्पूर्ण जीवन र जगतलाई हेर्ने अलग दृष्टिकोण राख्दछ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved