गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

  • साउन ११, २०८३ | २०८ पटक पढिएको | सीमा संदेश
alt

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरदेखि सिरहा धनुषा जोड्ने कमला नदीसम्मको सडकको गोलबजार खण्डमा निर्माण काम तिव्र गतिमा भईरहेपनि निर्माण कार्यबाट भईरहको प्रदुषणमा ध्यान नदिदाँ बजार क्षेत्रका व्यापारी र उपभोगक्ता प्रभावित भइरहेको छ ।

चाइना रेलवे नं. २ इञ्जिनियरिङ् ग्रुपले ठेक्का लिएको कञ्चनपुरदेखि कमला नदीसम्मको ८६ दशमलव ८२ किलोमिटर खण्ड अन्तर्गत गोलबजारको सडक भत्काएर निर्माण कार्य तिब्र गरेपनि सडकमा पानी नछर्किदा स्थानीय बासिन्दाले धुलो  र धुवाँबाट आक्रान्त भई  गुनासो गर्न थालेका छन् । 

सडकमा पानी नहाली निर्माण कार्य गरेपनि स्थानीयका स्वास्थ्य आवस्थालाई  ध्यान नदिइएको व्यापारीहरुका भनाई रहेका छन् । कार्य गर्ने मजदुरलाई पटक पटक भनेपनि गुनासो नसुनेको व्यापारीहरुले बताए । यदि प्रदुषणलाई ध्यानमा नराखी कार्य गरे हामी कार्य अवरोध गर्न बाक्य हुने व्यापारीहरुका भनाई छन् ।

तेस्रो पल्ट म्याद थप, भएन काम
ग्रुपले सन् २०२० जुनमा गरेको ठेक्का सम्झौता अनुसार कंचनपुरदेखि कुसहासम्म ३९।४२ किलेमिटर पूर्वी खण्ड र कुसहादेखि कमला नदीसम्म ४७।४ किलोमिटर पश्चिम खण्ड गरी ८६।८२ किलोमिटर सडक चार र छ लेनसहित, पुल, कलभर्ट, ओभरपास र अण्डरपास, आकासे पुल निर्माण २८ अक्टोबर २०२३ मा सम्पन्न गर्नुपर्ने थियो ।

साइट क्लिरियरेन्स, कोरोना महामारी, सडक क्षेत्रका रुख कटान, बिजुलीका पोलसार्न ढिलाई जस्ता कारणले करिब एक वर्षपछि ढिलो काम थालेको ग्रुपले निर्धारित समयमा काम नसकेपछि पहिलो पटक २३ डिसेम्बर २०२४ सम्म १४ महिना र दोस्रो पकट २०२५ डिसेम्बरसम्म १२ महिना म्याद थप भएको थियो । अन्तिम पल्ट गत डिसेम्बरमा तेस्रो पटक छ महिना म्याद गप पाएको ग्रुपले पछिल्लो करिब दुई महिनादेखि निर्माण रोकेको छ । 

ग्रुपले कुसहा कंचनपुर ३९ दशमलव ४२ किलोमिटर खण्ड सात अर्ब २७ करोड ७६ हजार ३४ रुपैयाँ ३४ पैसा र कुसहादेखि कमलासम्म ४७।४ किलोमिटर पश्चिम खण्ड भरियसनपछि आठ अर्ब ८० करोड ७० लाख १८ हजार दुई सय ७७ रुपैयाँ १० पैसामा ठेक्का सम्झौता गरेको थियो ।
 उक्त सडक निर्माणका लागि एसियाली विकास बैंकको ७१ दशमलव २२ प्रतिशत ऋण र नेपाल सरकारको २८ दशमलव ७८ प्रतिशत लगानी छ । पुस सम्मको प्रतिवेदन अनुसार ठेकेदार कम्पनीको पछिल्लो त्रैमासमा ३।५५ प्रतिशत सहित कुल भौतिक प्रगति ६७।१४ प्रतिशत र ५८।३३ प्रतिशत वित्तीय प्रगति छ । 

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब