साउन ३० गते शनिबार,यस्तो छ तपाईंको राशिफल
- साउन ३०, २०८३ | ३२ पटक पढिएको | सीमा संदेश
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल साउन ३० गते । शनिबार । इस्वी सन् २०२६ अगस्ट १५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण शुक्लपक्ष । तिथि–तृतीया, बेलुकी ७ बजेर २४ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–पूर्वाफाल्गुनी, बिहान ६ बजेर २४ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–शिव, बिहान १० बजेर ४४ मिनेट उप्रान्त सिद्ध । करण–तैतिल, बिहान ७ बजेर ४९ मिनेट उप्रान्त गर, बेलुकी ७ बजेर २४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–सिंह,मध्यान्ह १२ बजेर २१ मिनेट उप्रान्त कन्या ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ३४ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४१ मिनेट । दिनमान ३२ घडी ४५ पला ।
आजको बार बेला ।
- बिहान ५ बजेर ३४ मिनेटसम्म काल बेला ।
- बिहान ५ बजेर ३५ मिनेटदेखि बिहान ७ बजेर १३ मिनेटसम्म शुभ बेला ।
- बिहान ७ बजेर १४ मिनेटदेखि बिहान ८ बजेर ५१ मिनेटसम्म रोग बेला ।
- बिहान ८ बजेर ५२ मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म उद्वेग बेला ।
- बिहान १० बजेर ३० मिनेटदेखि मध्यान्ह १२ बजेर ८ मिनेटसम्म चर बेला ।
- दिउँसो १२ बजेर ९ मिनेटदेखि दिउँसो १ बजेर ४६ मिनेटसम्म लाभ बेला ।
- दिउँसो १ बजेर ४७ मिनेटदेखि दिउँसो ३ बजेर २४ मिनेटसम्म अमृत बेला ।
- दिउँसो ३ बजेर २५ मिनेटदेखि बेलुकी ५ बजेर २ मिनेटसम्म काल बेला ।
- बेलुकी ५ बजेर ३ मिनेटदेखि बेलुकी ८ बजेर २ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ८ बजेर ५० मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ५८ मिनेटदेखि बिहान ४ बजेर ४६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईँको नाम अग्र स्थानमा आउनेछ । व्यापार तथा औद्योगिक क्षेत्रको लगानी फस्टाएर जाने हुनाले मनग्गे अर्थ सङ्ग्रह गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई हराउँदै अग्र पंत्तिमा आउन सकिनेछ । पुराना ऋण तथा समस्याहरू हल भएर जानेछ । मामा तथा मावली पक्षको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । बिहानको समयमा आफन्तसँग टाढिनु पर्दा मन खिन्न हुनेछ ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा औषधीजन्य सामानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जाने हुनाले आम्दानी बढाउन सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा प्राप्त गर्न सकिनेछ । मध्यान्हबाट राज्यको मेकानिजम भित्र बसेर का गर्नेहरूका लागी समय मध्यम रहेकोले आलोचना हुनेछ । माया प्रेममा मनमुटाब बढ्नेछ भने आफन्त तथा घर परिवारसँग टाढा हुने समय रहेको छ । घर जग्गा तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) निर्माण सामाग्री, औषधीजन्य तथा खाद्यान्नको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिनेहरूका लागी समयले साथ दिनेछ भने चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाइ तथा छिमेकीको साथ पाइनेछ । लेखन तथा साहित्यमा रुचि बढ्नेछ । सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार बढ्नुको साथै आम्दानीमा बढोत्तरीको योग रहेको छ । खाद्यान्न, बिलासी सामान तथा निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाइलो वातावरण समय व्यातित गर्न सकिनेछ । गाएन तथा कलाकारिता क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समयमा लामो दुरीको यात्रा हुनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरी नाम कमाउन सकिनेछ । व्यापारमा नयाँ लगानी थप्न सकिनेछ । इमान्दार तथा लगनशील भएर लाग्नाले ठुलो उपलब्धि हासिल गर्न सकिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय राम्रो रहेकोले व्यापारमा समय लगानी गर्नेहरूका लागी समय राम्रो रहेको छ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय दिनुपर्ने हुनसक्छ । मध्यान्हबाट पढाइ लेखाइमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिनेछैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा वृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामूलक कामहरूबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाइडलाइन प्राप्त हुनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका इच्छा तथा आकाङ्क्षाहरू पुरा गर्न सकिने हुनाले मन खुसी रहनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) फुर्सदको समयमा सामाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान, इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । खाद्यान्न, निर्माण सामाग्री, अटोपार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । पारिवारिक माहौलमा मिष्ठान्न भोजनको स्वाद लिँदै समय व्यातित गर्न सकिनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा सहपाठीहरूबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले भौतिक सम्पत्ति तथा बिलासी वस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तबाट नै धोका पाइने योग रहेको छ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विभिन्न भौतिक तथा बिलासी सामानको प्रयोग गर्न पाइनेछ । पढाइ लेखाइ तथा खोजीमूलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।