बुर्का नलगाइ गीत गाउने इरानी गायिकालाई ७४ कोरा हान्ने सजाय सदर

  • असोज १४, २०८३ | ४९ पटक पढिएको | सीमा संदेश
alt

बुर्का नलगाई गीत गाएको अभियोगमा इरानकी चर्चित गायिका परस्तु अहमदीलाई सुनाइएको ७४ कोरा हान्ने सजाय त्यहाँको पुनरावेदन अदालतले सदर गरेको छ।

अहमदीका वकिलहरूका अनुसार माथिल्लो अदालतले कुनै नयाँ सुनुवाइ नगरी जिल्ला अदालतको अघिल्लो फैसलालाई निरन्तरता दिएको हो। २९ वर्षीया गायिका अहमदीले डिसेम्बर २०२४ मा आफ्नो युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण (लाइभस्ट्रिम) गरिएको एक कन्सर्टमा स्लिभलेस पहिरन लगाएर बुर्का नलगाइृ गीत गाएकी थिइन्। उक्त भिडियो भाइरल भई लाखौँ पटक हेरिएपछि इरानी न्यायपालिकाले कानूनी र सांस्कृतिक नियमहरूको उल्लङ्घन गरेको आरोपमा उनीविरुद्ध कानूनी प्रक्रिया अघि बढाएको थियो। इरानको कानूनले महिलाहरूलाई सार्वजनिक स्थानमा गायन प्रस्तुति दिन प्रतिबन्ध लगाएको छ भने बुर्का तथा अमर्यादित नहुने पोशाक अनिवार्य गरेको छ।

गत जुन महिनामा गोम स्थित फौजदारी अदालतले अहमदी र उनका ब्यान्ड तथा उत्पादन टोलीका आठ जना सदस्यहरूलाई "अश्लील तथा अमर्यादित सामग्री प्रकाशन गरी सार्वजनिक नैतिकतामा आघात पुर्‍याएको" अभियोगमा दोषी ठहर गरेको थियो। ७४ कोरा हान्ने सजायका अतिरिक्त उनीहरूलाई दुई वर्षसम्म श्रव्यदृश्य (अडियोभिजुअल) गतिविधिमा संलग्न हुन र देश छाड्न प्रतिबन्ध लगाइएको छ।

अहमदीलाई दिइएको सजायको खबर सार्वजनिक भएपछि इरानी नागरिक तथा कलाकारहरूले सामाजिक सञ्जालमा तीव्र आक्रोश व्यक्त गरेका छन्। निर्वासित गायिका गुगुश यी काला दिनहरूको अन्त्य भई महिलाहरूले आफूखुसी बाँच्न र पोसाक छान्न पाउने अधिकार पुनः प्राप्त गरून् भन्ने कामना गरेकी छन्। त्यस्तै संगीतकार होसेइन अलिजादेहले परस्तु अहमदीको सट्टा आफू ७० कोरा सजाय भोग्न तयार रहेको बताएका छन्।

मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले पनि उक्त सजायको भत्सर्ना गर्दै कोरा हान्नु क्रूर, अमानवीय र अपमानजनक सजाय भएको र यसले यातना विरुद्धको अन्तर्राष्ट्रिय नियमको ठाडो उल्लङ्घन गर्ने चेतावनी दिएको छ।

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब