राखी सावन्तलाई पक्राउ गरी अदालत उपस्थित गराउन आदेश

  • कार्तिक ४, २०८३ | ३६ पटक पढिएको | सीमा संदेश
alt

झाँसी । बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध झाँसी अदालतले शनिबार गैरजमानती वारेन्ट (एनबीडब्ल्यू) जारी गरेको छ। 

१६ वर्षअघि ‘राखी का इन्साफ’ नामक टेलिभिजन शोका क्रममा झाँसीका २४ वर्षीय लक्ष्मणप्रसाद अहिरवारलाई अपमानित गरेको र त्यसपछि उनले आत्महत्या गरेको मुद्दामा अदालतले यो आदेश दिएको हो।

सिभिल जज जुडिसियल (एफटीसी सिएडब्ल्यू) अञ्जलीको अदालतले राखी सावन्त र उनको टोलीलाई पक्राउ गरी सन् २०२६ डिसेम्बर १ मा अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको छ। प्रेमनगर थाना क्षेत्रका बासिन्दा तथा तरकारी व्यापारी लक्ष्मणप्रसादलाई सन् २०१० मा प्रसारित उक्त शोमा राखीले उनकी पत्नी र परिवारका सामु ‘नामर्द’ र ‘नपुंसक’ भन्दै अपमान गरेकी थिइन्। 

राष्ट्रिय टेलिभिजनमा भएको यस अपमानका कारण लक्ष्मणले केही दिनपछि आत्महत्या गरेका थिए। घटनापछि मृतककी आमाको उजुरीका आधारमा प्रेमनगर प्रहरीले राखी सावन्त र उनको टोलीविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो। 

प्रहरीले अदालतमा आरोप-पत्र दर्ता गरेपछि निरन्तर सुनुवाइ भइरहेको भए पनि राखी पेशीमा उपस्थित भएकी थिइनन्। अदालतमा निरन्तर अनुपस्थित भएपछि १६ अक्टोबरमा उनीहरूविरुद्ध गैरजमानती वारेन्ट जारी गरिएको हो। 

गैरजमानती वारेन्टबारे प्रतिक्रिया दिँदै राखी सावन्तले आफू केवल शोको होस्ट भएकाले च्यानलले जे भन्न लगाउँथ्यो, त्यही बोलेको दाबी गर्दै जेल जानुपरे पनि जाने बताएकी छन्। यस मुद्दाको आगामी सुनुवाइ आगामी डिसेम्बर १ मा हुनेछ।

निर्वाचन कार्यालयले तीन हजार बढी मतदाताको नाम सूची

जिल्ला निर्वाचन कार्यालयले तीन हजार ३६२ मतदाताको नाम मत ...

आज महानवमी, यसकारण छ विशेष

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी ...

कार्तिक ३ गते मंगलबार , यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.: २०८३ साल कार्तिक ३ गते, मङ्ग ...

बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं

बलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब