बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

  • कार्तिक ३, २०८३ | ३१ पटक पढिएको | सीमा संदेश
alt

बलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्थान पक्का गरेको छ ।

सोमबार अल अमेरत ग्राउन्ड टर्फ १ मा भएको खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको हो । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।

ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ८९ तथा हम्माद मिर्जाले ८७ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । ओमानले ३२ रनमा पहिलो विकेट गुमाएपछि यी दुई मिलेर दोस्रो विकेटका लागि १५८ रनको साझेदारी गरेका थिए ।

१९० रनमा दोस्रो विकेट प्राप्त गरेपछि नेपालले त्यसको १३ रनपछि अर्को विकेट पनि प्राप्त गर्‍यो । २०३-३, २०६-४ हुँदै कप्तान विनायक शुक्ला आउट हुँदा ओमान २२४-५ को अवस्थामा पुगेको थियो । त्यसपछि सन्जु सजिव रनआउट भएपछि ओमान २३२-६ को अवस्थामा पुग्यो ।

त्यहाँबाट हस्नैन शाहले बाउन्ड्रीहरू प्रहार गर्दै ओमानलाई खेलम जीवितै राखेका थिए । उनी २३ बलमा ४० रनमा अविजित रहेपनि जित दिलाउन सकेनन् ।

अन्तिम ओभरमा २३ रन आवश्यक हुँदा दीपेन्द्रसिंह ऐरी बलिङमा आएका थिए । पहिलो बलमा हस्नेनले २ रन जोडे भने त्यसपछि लगातार २ चौका हानेपछि ३ बलमा १३ रन आवश्यक भयो । त्यसपछि २ रन जोडेर २ बलमा ११ रन आवश्यक हुँदा दीपेन्द्रले डट बल फाले । अन्तिम बलमा पनि हस्नेनले रन लिएनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा  ५० ओभरमा अलआउट हुँदै २८० रन बनायो ।

रोहितले ८१ बलमा २ चौका र २ छक्कासहित ८० रन बनाए । दीपेन्द्रले ६२ बलमा ३ चौका र ४ छक्कासहित ६९ रन बनाए । ओपनिङ गरेका देवले ६५ बलमा ४ चौका र १ छक्कासअित ५७ रन बनाए ।

९९ रनमा ३ विकेट गुमेको अवस्थामा रोहित र दीपेन्द्र मिलेर १३९ रनको साझेदारी गरेका थिए । त्यसपछि नेपाल २३८-३ को अवस्थाबाट २८० रनमा अलआउट भएको हो ।

नेपालको फिनिसिङ सोचेजस्तो बलियो भने हुन सकेन । यद्यपी अन्त्यतिर बसिर अहमदले ७ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाए ।

ओमानका लागि शाह फेसलले ८ ओभरमा ५७ रन दिएर ५ विकेट लिए । जय ओडेराले ३ तथा समय श्रीवास्तवले २ विकेट लिए ।

लिग २ को अंकतालिकामा शीर्ष ६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने दबाब थियो ।

सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल त्यसपछि शनिबार क्यानडासँग पराजित भएको थियो ।

नेपाललाई हराएपछि क्यानडा ३६ खेलमा २९ अंकका साथ छैटौंमा उक्लँदा ३५ खेलमा २८ अंक भएको नेपाल सातौंमा झरेको थियो । अब नेपालले ओमानलाई हराएर ३६ खेलमा ३० अंकका साथ फेरि छैटौं स्थानमा उक्लिएको छ ।

लिग २ को शीर्ष ६ मा पर्ने टोलीहरूको ओडीआई मान्यता जोगिने उच्च सम्भावना भएकाले शीर्ष ६ मा अटाउने कुरालाई अर्थपूर्ण रूपमा हेरिएको थियो ।

आज तर अष्टमीकै विधि गरिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्र ...

अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार : अमेरिकी

बलिउडका चर्चित अभिनेता टाइगर श्राफ लक्षित गरी मुम्बईको ...

कात्तिक २ गते सोमबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक २ गते । सोमबार ...

किन आक्रोशित भइन् कंगना रनौत ?

कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब