निर्वाचन कार्यालयले तीन हजार बढी मतदाताको नाम सूचीबाट हटायो

  • कार्तिक ४, २०८३ | ८० पटक पढिएको | सीमा संदेश
alt

जिल्ला निर्वाचन कार्यालयले तीन हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ। मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत दोहोरो दर्ता भएका, मृत्यु भएका, नागरिकता परित्याग गरेका मतदाताहरुको नामावली हटाइएको हो।  

यसरी हटाइनेमा दोहोरो दर्ता भएका एक हजार ९४३ जनाको हटाइएको हो। आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो कायम भएको भेटिएका उनीहरूको नाम हटाईएको हो। कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार भदौ १२ गते सम्म मृत्यु दर्ता गरेका एक हजार ३८० जना र नागरिकता परित्याग गरेका ३९ जनाको समेत मतदाता नामावलीबाट नाम हटाइएको हो।

मृत्यु भएकाहरुको सम्बन्धित वडा कार्यालय र मृतकका परिवारले कार्यालयमा दर्ता गरेको मृत्यु प्रमाणपत्रका आधारमा नाम हटाइएको हो। नागरिकता परित्याग गर्नेहरूको जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा हटाइएको उनले बताए।  

गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचन जिल्लामा चार लाख ४२ हजार ८२ मतदाता रहेका थिए। फागुन २१ गतेको मतदानपछि १३ हजार १३४ जना मतदाता थपिएका छन्।

आज महानवमी, यसकारण छ विशेष

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी ...

राखी सावन्तलाई पक्राउ गरी अदालत उपस्थित गराउन आदेश

झाँसी । बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध झाँसी अदालतल ...

कार्तिक ३ गते मंगलबार , यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.: २०८३ साल कार्तिक ३ गते, मङ्ग ...

बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं

बलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब