नवराजपुर गाउँपालिकाद्धारा विपन्न तथा मजदुर घरपरिवारलाई राहत वितरण "राहत पाएपछि विपन्न तथा मजदुर खुशी, जनप्रनिधिहरुलाई दिइए अर्शिवाद"

  • जेठ २, २०७७ | १,१४५ पटक पढिएको |
alt

नोवेल कोरोना भाइरस महामारीका कारण ५२ औ दिनको लडाउन पिडित विपन्न, गरिब तथा मजदुरलाई दैनिक छाक टार्न भईरहेको समस्यालाई विशेष ध्यानमा राखी नवराजपुर गाउँपालिका, सिरहाले राहत वितरण कार्य शुरू गरको छ । पहिलो दिनको राहत वितरण कार्य वडा नं। ४ र वडा नं। २ बाट शुरू गरेको हो ।

2

गाउँपालिकाको पाँचै वडाबाट ३ हजार ३ सय ३९ घरधुरी परिवारका विपन्न तथा मजदुरका दोस्रो चरणका राहतका लागि तथ्याङ्क संकलन भई स्वीकृत भएको छ । वडा नं. १ मा ८ सय ७ घरपरिवार, वडा नं. २ मा २ सय ६६ घरपरिवार, वडा नं.३ मा ८ सय घरपरिवार, वडा नं.४ मा ६ सय ४० घरपरिवार गरी वडा नं. ५ मा ८ सय २६ घरधुरी परिवारका लागि राहत सामग्री सम्बन्धी वडामा पठाई सकेको छ ।
पहिलो चरणको राहत वितरण कार्य दलित घरपरिवारलाई सकिएको छ । अब दोस्रा चरणको राहत वितरण कार्यलाई सफल बनाउन राहत सामग्री तथ्याङक नामावली अनुसार सामाजिक दुरीलाई विशेष ध्यानमा राखी सहज रूपमा प्रदान गरिने प्रशासकिय प्रमुख अमरेन्द्र कुसियतले बताउनु भयो । राहत लिन कुनै समस्या तथा लक्षीत वर्ग तथ्याङ्कमा नाम नै नभएका कारण छुट भएमा गाउँपालिका कार्यलयमा सम्पर्क गरि लिन सकिने जानकारी पनि कुसियतले दिनु भयो ।
सामाजिक दुरीलाई विशेष ध्यानमा राखि राहत वितरण गर्ने प्रक्रिया मिलाईएको छ । जनतालाई राहत लिन कुनै पनि समस्या हुन नदिन वितरण स्थलमा सम्पूर्ण व्यवस्थापन गरिएको छ । कुनै पनि कारणले असहज परस्थिति भएमा सबैले सहयोग तथा समन्वय गरि वितरण कार्यलाई सहज बनाउन सम्पूर्ण जन समुदायिलाई अध्यक्ष विश्वमोहन प्रसाद यादबले अनुरोध पनि गर्नु भयो ।

विपन्न तथा मजदुरका लागि सर्वदलिय बैठकको निर्णय अनुसार प्रत्येक लक्षीत परिवारलाई १५ के। जि। चामल, १.५ के। जि। चनाको दाल, १ के। जि। नुन, १ के। जि। तेल, १ के। जि। चिनी, २ पिस साबुन राहत प्यकेजमा वितरण गरिएको छ । राहत लिने लक्षीत वर्गले राहत ढिलो भएपनि गुणस्तरीय र ठोस प्यकेज पाएपछि खुशी देखिएको थियो ।

चापाकल खरीदमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाक ...

२६ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा स ...

मधेस प्रदेशमा ३० करोड खर्चिएर ६ वटा मात्रै विधेयक

 मधेस प्रदेशसभाले पछिल्लो एक वर्षमा ३० करोड रुपैया ...

भदौ २ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब