सिरहा जिल्लाभरीको ७५ जनाको पिसिआर परिक्षण निगेटिभ

  • जेठ ३, २०७७ | ५५७ पटक पढिएको |
alt

सिरहा जिल्लाभरीको बैशाखमा गरिएको पिसिआर परिक्षणमा ७५ जनाको रिर्पोट निगेटिभ आएको छ ।

शनिवार आएको रिर्पोट अनुसार सिरहा नगरपालिकाको २५ जना, नवराजपुर गाउँपालिकाको १० जना, सखुवान्नकारकट्टी गाउँपालिकाको ५ जना, भगवानपुर गाउँपालिकाको ५ जना, औरही गाउँपालिकाको ९ जना, बरियारपट्टी गाउँपालिकाको ३ जना, विष्णुपुर गाउँपालिकाको १० जना, मिर्चौया नगरपालिकाको १ जना र अर्नमा गाउँपालिकाको ७ जना गरी कुल ७५ जनाका रिर्पोट निगेटिभ आएका छन ।

त्यसैगरी रिर्पोट अनुसार सखुवान्नकारकट्टी गाउँपालिका वडा नं. १ मौवाही लतियाही बस्ने ३० बर्षिय एक जान पुरुषको रिर्पोट पोजेटिभ आएको छ ।

सिरहा नगरपालिका,सिरहाको क्वराइन्टाइन बस्ने ५ जना महिला सहित २० जना पुरुषका पिसिआर परिक्षण रिर्पोट निगेटिभ आएको छ । रिर्पोट निगटिभ आएपछि सबै खुशी भएका छन । पिसिआर परिक्षण गरिएकाहरु नेपाल भन्दा बाहिरबाट आएको थियो ।

पिसिआर परिक्षणको १४ दिनपछि अरडीटी परिक्षण गर्नु पर्ने भएकोले सिरहा जिल्लामा किट अभाव भएको कारण परिक्षण ढिलो हुने सम्भाव बढेको छ । भारतबाट भित्रि रहेका थप जोखिमका कारण परिक्षण भएकाहरुलाई तत्काल घरमै सुरक्षित बस्ने जाँच प्रमाणपत्रका उपलब्ध गराई पठाउने छलफल भईरहेको छ । यस विषयमा जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँग थप समन्वय गरी आएको सुझाव अनुसार निर्णय लिने नगरपालका प्रशासकिय प्रमुख बलिराम यादबले बताउनु भयो ।

सिरहा नगरपालिकाको तिन वटै क्वराइन्टाइनमा कुल ९६ जना बसिरहेका छन । भारतको जायनगरबाट थप आउन सक्ने सम्भावना पनि रहेको छ ।

चापाकल खरीदमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाक ...

२६ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा स ...

मधेस प्रदेशमा ३० करोड खर्चिएर ६ वटा मात्रै विधेयक

 मधेस प्रदेशसभाले पछिल्लो एक वर्षमा ३० करोड रुपैया ...

भदौ २ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब