कपिलवस्तुमा क्वारेन्टाइनबाट ४५ जना फरार

  • जेठ ४, २०७७ | १९९ पटक पढिएको |
alt

कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ का दुई छुट्टाछुट्टै क्वारेन्टाइनमा बसेका ४५ जना व्यक्ति भागेका छन् ।

भारत र अन्यत्रबाट आएका सबै जनालाई क्वारेन्टाइनमा नराखेको भन्दै उनीहरु शुक्रबार र शनिबार राति क्वारेन्टाइन छोडेर घर फर्किएका हुन् ।

शुक्रबार राति वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविको क्वारेन्टाइनका ३० जना र शनिबार सोही वडाको राष्ट्रिय निमाबि सिंहखोरका थप १५ जना समेत क्वारेन्टाइन छोडेर भागेका वडा अध्यक्ष सहाबुद्दिन मुसलमानले जानकारी दिए ।

यशोधरा गाउँपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नंं ८ मा मात्रै पाँच जनामा संक्रमण भएको छ । हालसम्म फेला परेका संक्रमित सबै खोरिया गाउँकै हुन् ।

क्वारेन्टाइनमा बसेका व्यक्ति भागेर घर घर गएपछि स्थानीयमा त्रास बढेको छ । पहिल्यै गाउँ नै शिल गर्नुपर्नेमा खोरिया गाउँको क्वारेन्टाइनका व्यक्ति भागेर पुनः घरमा फर्किनु सुरक्षा निकायको चरम लापरवाही भएको स्थानीयको आरोप छ ।

‘वडा नम्बर ८ को क्वारेन्टाइनमा राखिएका केही व्यक्ति क्वारेन्टाइनबाट भागेको छन्’ यशोधरा गाउँपालिकाका अध्यक्ष गृजेशकुमार पाण्डेयले भने, ‘यसबारे शुक्रबार नै प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएका छौं ।’

दुई दिनसम्म पनि गाउँमा सुरक्षाकर्मी नखटिंदा र गाउँ शील नहुँदा संक्रमण बढ्न सक्ने अध्यक्ष पाण्डेयले चिन्ता व्यक्त गरे । क्वारेन्टाइनबाट भागेकालाई सुरक्षाकर्मी परिचालन गरेर नियन्त्रणमा लिइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

चापाकल खरीदमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाक ...

२६ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा स ...

मधेस प्रदेशमा ३० करोड खर्चिएर ६ वटा मात्रै विधेयक

 मधेस प्रदेशसभाले पछिल्लो एक वर्षमा ३० करोड रुपैया ...

भदौ २ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब