कल्यणपुर नगरपालिकाका मेयर विरुद्ध मुद्दा दायर, पदबाट निलम्बित

  • साउन २९, २०७७ | ६४१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल निलम्बनमा परेका छन् । छोरा सन्तकुमार मण्डल घुस रकमसहित पक्राउ परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुबा छोरामाथि बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । मेयर मण्डल सार्वजिनक पद धारन गरेका व्यक्ति भएकाले भ्रष्टाचार मुद्दा दायरसंगै उनी स्वतः निलम्बित भएका छन् ।

गएको असार ३१ गते मेयर मण्डलका छोरा सन्तकुमार सम्पन्न योजनाको भुक्तानीका लागि सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारले उनलाई रंगेहात पक्राउ गरेको थियो ।

मेयर मण्डलले नै घुसमागेको र छोरालाई लिन पठाएको पुष्टि भएकाले बाउछोरामाथि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

मेयर मण्डलमाथि बिगो ५ लाख र उनका छोरा सन्तकुमारले ५ लाख लिएको तथ्य स–प्रमाण पुष्टि हुन आएकोले उनीमाथि पनि बिगो ५ लाख कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी गर्दै अख्तियारले विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो ।

मान्छेहरु भन्थे, ‘हिरोइन बन्न सक्दिनौ’,

टेलिभिजनको दुनियाँदेखि बलिउडसम्म आफ्नो दमदार अभिनय र क् ...

दसैंमा मासु: कति खानु ठीक, कति खाए ज्यानलाई जोखिम

नेपाली समाजमा दसैं भन्नेबित्तिकै पारिवारिक पुनर्मिलन र ...

एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धन

सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कांग्र ...

हात्ती मारेको अभियोगमा पक्राउ

हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब