पत्रकार यादवमाथि भएको दुव्र्यवहारबारे छानवीन गर्न महासंघद्वारा ५ सदस्य समिति गठन

  • भदौ १०, २०७७ | ६४८ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । न्यूज ब्यूरोका पत्रकार बिनय यादव उपर भएको दुव्र्यवहारको विषयमा छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार यादव उपर भएको दुव्र्यवहारको सन्दर्भमा छानबिनको लागि महासंघ सिरहाका उपाध्यक्ष रामबाबु यादबको संयोजकत्वमा ५ सदस्यीय प्रतिवेदन समिति गठन गरेको जनाएको छ । समितिमा मनोज बनैता, शिव दयाल यादव, दुर्गा परियार, गणेश साह सदस्य छन् ।

गत शनिबार बेलुकी करिब ७ः३० बजेको समयमा पत्रकार यादवलाई पुरानो समाचारलाई लिएर सिरहको धनगढीमाई नगरपालिका वडा नं. १० स्थित रहेको आरके मेडीसिटी हस्पिटलका कर्मचारीहरुले दुव्र्यवहार गरेको थियो ।

नेपाल पत्रकार महासँघ सिरहाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताद्धारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार यादव उपर पुरानो रिसबीले भएको दुव्र्यवहारको छानबिन गरी दोषी उपर कारवाही गर्न पहल गरिने जनाइएको छ । सर्वसाधारण जनताको स्वस्थ्य जस्तो संवेदनशील विषयमाथि चरम लापरबाही गर्दै काण्डै काण्ड गर्दै आएको आरके मेडिसिटी हस्पिटबारे यसअघि पत्रकार यादवले समाचार लेखेका थिए ।

मान्छेहरु भन्थे, ‘हिरोइन बन्न सक्दिनौ’,

टेलिभिजनको दुनियाँदेखि बलिउडसम्म आफ्नो दमदार अभिनय र क् ...

दसैंमा मासु: कति खानु ठीक, कति खाए ज्यानलाई जोखिम

नेपाली समाजमा दसैं भन्नेबित्तिकै पारिवारिक पुनर्मिलन र ...

एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धन

सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कांग्र ...

हात्ती मारेको अभियोगमा पक्राउ

हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब