सिरहामा पुन : थप १२ दिनको लागि निषेधाज्ञा

  • भदौ १५, २०७७ | ९९१ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा अझैपनि कोरोना संक्रमण समुदाय स्तरमा फैलिरहेकोलाई न्यून गर्न आवश्यक देखिएको हुदाँ मिति २०७७ श्रावण ३२ गते देखी कायम रहेको निषेधाज्ञालाई सिरहा जिल्ला भरीको लागि निरन्तरता दिदै मिति २०७७ भदौ १५ गते राती १२ बजे देखी भदौ २७ राती सम्मको लागि अत्यवाश्यकीय सेवा र काम बाहेक अन्य काम नगर्न गराउनसहितको सूचना जारी गदै निषेधाज्ञा थप गरिएको छ ।

सिरहा जिल्लामा कोभिड- १९ संक्रमणको जोखिम समुदाय स्तर सम्म फैलिन लागेको अवस्था रहेको लहान, गोलबजार, मिर्चैया , धनगडीमाई, सुखिपुर, कल्याणपुर, सिरहा नगरपालिका र बिष्णुपुर गाउँपालिका लगायतका स्थानियतहहरुमा कोभिड- १९ को संक्रमितहरुको संख्या बढदो क्रममा रहेको देखिएको छ ।

सिरहा जिल्ला नेपाल भारत खुला सीमाना अवस्थित रहेको सिरहा जिल्लामा २०७७ श्रावण ३२ को दिनमा कोभिड- १९ को ५८ जना मात्र पोजेटिभ व्यत्रिहरु रहेकोमा मिति २०७७ भदौ १४ गतेका दिन १ सय ५० जनामा कोभिड- १९ को पोजेटिभ देखिको हाल सम्म यस जिल्लामा ७ जनाको दुखद निधन भएको यस बिचमा संक्रमण न्यूनिकरण गर्न अन्य उपायका अतिरिक्त मानिस बिचको दुरी कम गर्न निषेधाज्ञा गरिएको सूचनामा उपल्लेख गरिएको छ ।

निषेधाज्ञा भरी अत्यवाश्यकीय काम नपरी बाहिर ननिस्कने, निस्कनु परे माक्स प्रयोग, साबुन पानीले हात धुने र सेनिटाईजर प्रयोग अनिर्वाय गर्नु पर्ने । कुनै पनि संस्था, निकय वा व्यक्ति सर्वजनिक भेला, मेला लगाउने, भोज वा जमघटकोे आयोजना नगर्ने, धार्मिक स्थलहरुमा भेला तथा जमघट नगर्ने आ आफ्नो धार्मिक पर्वहरु घर भित्र नै मनाउने , हाट बजार नलाउने, सर्वजनिक सवारी साधन नचलाउने निर्देशन गरिएको छ ।

त्यसैगरी अत्यवाश्यक खाद्यान, ग्यास, तरकारी, फलफूल तथा मासु जस्ता सेवा प्रदान गर्ने पसलहरु बिहान ५ बजे देखि बिहान ९ बजे सम्म मात्र संचालन गर्ने, बैँक तथा वित्तिय संस्थाहरु बिहान १० बजे देखी १ बजे सम्म मात्र संचालन गर्ने , उधोग संचालनमा नेपाल सरकारको मापदण्ड अपनाई कार्य गर्ने गरी अत्यवाश्यक सेवा संचालन रहेन जनाईएको छ ।

dao

dao-2

मान्छेहरु भन्थे, ‘हिरोइन बन्न सक्दिनौ’,

टेलिभिजनको दुनियाँदेखि बलिउडसम्म आफ्नो दमदार अभिनय र क् ...

दसैंमा मासु: कति खानु ठीक, कति खाए ज्यानलाई जोखिम

नेपाली समाजमा दसैं भन्नेबित्तिकै पारिवारिक पुनर्मिलन र ...

एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धन

सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कांग्र ...

हात्ती मारेको अभियोगमा पक्राउ

हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब