सिरहामा जनता आवास कार्याक्रम अन्तर्गत दलित माथि भईरहेको अत्याचार

  • भदौ १९, २०७७ | १,२९५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा जनता आवास कार्याक्रम अन्तर्गत निमुखा दालित समुदाय माथि विभिन्न शैलिमा अत्यचार भईरहेको घटना बाहिर आएको छ । सिरहाको सुखिपुर नगरपालिका वडा नं. ४ कविलासी गाउँमा २०७२।०७३ मा संचालन भएको २० घर परिवारको लागि जनता आवस कार्याक्रममा दलित समुदायको संमलग्नतामा नै दलित परिवारलाई शोषण तथा अत्याचार भईरहेको छ ।

जनता आवास कार्याक्रम अन्तर्गत २० घर परिवारका लागि आएको कार्याक्रम पाँच वर्षमा १० वटा घर मात्र पूर्ण निर्माण भएको छ । घर निर्माणका लागि आएको प्रत्येक परिवारका लागि २ लाख १५ हजार बजेटको बारेमा कसैलाई थाहा पनि दिइएको छैन । बिजय पासमान उभोत्ता समिति अध्यक्ष रहेको १० वटा घर शौउचलयसहित निर्माण कार्य सम्पन भएको छ । तर त्यही ठाउँमा उभोत्ता समिति अध्यक्ष रहेको राजे भन्ने राज कुमार पासमानले पाँच वर्षमा शौचालयसहितको घर निर्माण गर्न सकेको छैन । निमार्ण कार्य अधुरा रहेको  दलित घर परिवारहरुलाई उभोत्ता समितिको अध्यक्ष राज कुमार पासमानले पटक– पटक निर्माण पूर्ण गरि दिनु  छु भन्दै, नगद ठगी गरिरहेको छ । अधुरा घरमा निर्माण कार्यका केही गरे वापत पैसा उठाउने र नदिईए कुटपिट पनि गर्ने गरेको अमिन पासमानले बताउनु भयो । 

जनता आवस कार्याक्रममा ईस्टीमेट बाहेक कुनै पनि रकम तिर्नु नपर्ने भएपनि उभोत्ता समितिको अध्यक्षले लेवर, झ्याल ढोका र चदरा वापत पैसा लिईरहेको  रवि पासमानले बताउनु भयो । लेवर वापतको रु. ७ हजार पैसा तिर्न नसकेको श्याम कुमारी पासमान र उनको दुई छोरालाई निर्घत रुपमा भदौ ७ गते कुटपिट गरेको थियो ।  त्यस्तै लेवर र झ्याल ढोकाको पैसा नतिरेको भन्दै साम देव पासमानको भैसी उभोत्ता समिति अध्यक्षले लगेपछि २९ हजार तेरेको थियो ।

जनता आवास कार्याक्रम सुरु हुने बेलामा पनि १० हाजर उठायो । निर्माण कार्या सुरु गरे लगतै विभ्न्नि रकम तिर्नु पर्छ भन्दै दलित घरपरिवारहरुलाई दबाब श्रृजना गरी पटक– पटक रकम उठायो । यस बारेमा कार्याक्रम इन्जिनियरलाई भन्नदा तिर्नु पर्छ भनेपछि घरवार बिहीन दलित परिवार तिर्न बाध्य भएको संतोष यादबले बताउनु भयो ।  निर्घत रुपमा कुटिएकी श्याम कुमारी पासमानलाई न्याय दिलाउन कसैको सहयोग नभएपछि आफ्नै घरमा छटपटिएको आवस्थमा रहेकी छिन। । जनता आवास दलितका लागि शर नभई अत्यचार भएको छ ।

118617718_713641912696149_2189040139576653235_n

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब