नवराजपुर गाउँपालिकाद्धारा ३१ करोड बजेट सार्वजनिक

  • कार्तिक ३, २०७७ | १,३१७ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

नवराजपुर । सिरहाको दक्षिण वर्ती नवराजपुर गाउँपालिका चालू आर्थिक वर्ष २०७७/०७८ को चौँथो गाउँ सभाबाट अनुमोदित  बित्तिय समानीकरण, राजस्व बाँडफाँड, आन्तरिक स्रोत, सर्शत अनुदान, जेष्ठ नागरिक दीर्घ सेवा समान र सामाजिक सुरक्षा बाहेकका शिर्षकबाट प्राप्त रु. ३१ कारोड ३३ लाख ६० हजार ६ सय ७० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । असोज २० गते गाउँ सभा सम्पन गरि सकेको गाउँपालिकाले कोरोना महामारीका कारण आज बजेट सार्वजनिक गरेको हो ।

व्यय अनुदान तर्फ चालू खर्च रु. ११  करोड ५६ लाख ८३ हजार ६ सय ७०, शसर्त अनुदान तर्फ रु. ११ करोड २८ लाख र पूजीँगत खर्च तर्फ रु. ८ करोड ४८ लाख ७७ हजार बिनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षमा कृषि जन्य तथा पर्यटनलाई क्षेत्रलाई प्रमुख प्राथमिकता राखि बजेट ल्याईएको गाउँपालिका अध्यक्ष विश्वमोहन प्रसाद यादब बजेट प्रस्तुतिकरणसँगै बताउनु भयो । उपलब्ध स्रोत साधनलाई अधिक रुपमा प्रयोग गरी स्वास्थ्य, शिक्षा र भौतिक निर्माणलाई प्राथमिकताकारण अनुसार कार्य गरिने छ । सुशासन कायमसँगै गाउँपालिका वासीलाई स्थानिय सरकारको अनुभुती गराउँदै समृद्धि हासिल गर्ने उदेश्य तर्फ केन्द्रित रहने अध्यक्ष यादबले प्रतिवद्धता गर्नु भयो ।

त्यस्तै गत आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकाले कुल प्राप्त आय रु. २६ करोड ६९ लाख, ८७ हजार ७ सय ३५ बाट कुल रु.२४ करोड ७५ लाख २७ हजार ८ सय २ रुपैयाँ खर्च गरिएको विवरण पनि सार्वजनिक गरेको छ ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब