प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा

  • कार्तिक १३, २०७७ | १,०२१ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । प्रदेश २ मा कात्तिक १४ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ ।

प्रदेश सरकारले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म दिनको अवसर पारेर शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

यो बिदा प्रदेश सरकारले पहिला नै तय गरेको थियो । बिक्रम सम्वत् २०७७ सालको बिदाको सूची बनाउने बेला नै प्रदेश सरकारले पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मिति यकिन गरी एक दिन सार्वजनिक विदा दिने जनाएको थियो ।

प्रदेश सरकारले २०७७ सालमा यो बिदासहित नेपाल सरकारले तोकेको बिदा दिनबाहेक थप ६ दिन बिदा दिने सूची बनाएको छ ।

साउन १९ गते रक्षा बन्धन, साउन २७ गते कृष्णाजन्मष्टमी, कात्तिक १४ गते पैगम्बर महम्मदको जन्म दिन, पुस ४ गते विवाहपञ्चमी, माघ ५ गते मधेस आन्दोलन स्मृति दिवस र चैत १७ गते होली पर्वको बिदा प्रदेश सरकारले दिएको छ ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब