कुशासन र भ्रष्टाचार विरुद्ध सिरहा नपामा नेपाली कांग्रेसद्धारा आन्दोलनको घोषणा

  • फागुन ७, २०७७ | ९३६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिकाको कुशासन र भ्रष्टाचार विरुद्ध एका प्रेस विज्ञेप्ती जारी गरी नेपाली कांग्रेस नगर कार्य समिति, सिरहाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सुशासनको मुलमन्त्र जवाफदेहिता र पारर्दिशिता रहेको सर्वविदितै रहेको भन्दै नागरिकले जुन सुकै निकायबाट सुचान प्राप्त गर्ने अधिकार संविधानमा रहेपनि सिरहा नगरपालिकाले पारर्दिशि सूचना दिन नचाहेको आरोप लगाएका छन ।

नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र नगर कार्य समितिले नगरपालिकाको काम कारवाहीको बारेमा पटक- पटक मिति २०७७।०२।२२, २०७७।०५।२३, २०७७।१०।०४ र २०७७।१०।२३ गतेमा मांगहरु तथा ज्ञापन पत्र प्रस्तुत गर्दा पनि भ्रष्टाचारको नियतले सुशासनको मुल मन्त्र विपरीत गैर जिम्मेवार पूर्वक सूचना लुकाउने काम गर्ने गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सिरहा नगरपालिकाले हाल सम्म चालू आ.व.को नगर परिषद पारदर्शि नगरेको भन्दै १४ बुंदे मागसहित ६ दिनको पर्चा पम्पलेट वितरण र धारणाका कार्यक्रमहरु सार्वजनिक गरको छ ।

यता विज्ञप्ती विषयमा सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले नेपाली कांग्रेस नगर कर्य समितिको आरोप निराधार रहेको बताएको छ । मागमा रहेका विभिन्न बुँदाका कार्य संचालनमा रहेको र कुनै पनि भुक्तानी भई नसकेकोले आरोप स्वत रुपमा निराधार रहेको छ । रिसवी भन्दा सत्य तथ्यलाई बुझि मात्र यस्ता आरोप लगाउन समितिलाई अनुरोध गर्नु भयो । नगरपालिकामा नेपाली कांग्रेसका जनप्रतिनिधिहरुका सहमतिमा नगर परिषद र विभिन्न कार्यक्रम संचालन भएकोले यस विज्ञेप्तीमा कुनै सत्यता नरहेको यादबले बताउनु भयो ।

152435668_727037514672852_3055357888791083316_n

152282953_436242117434483_5125722237948387636_n

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब