सिरहा नगरपालिका भित्रका सबै विद्यालय बन्द

  • वैशाख १३, २०७८ | ७६२ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालय बन्द गरिएका छन् । नेपाल सरकार सीसीएमसी को बैशाख १२ गतेको प्रसे विज्ञप्ती र सोमवार बसेको सीसीएमसी निर्देशक समितिको निर्णयअनुसार वैशाख १३ गतेदेखि  बैशाख मसानत सम्मका लागि भैतिक उपस्थितिमा हुने पठनपाठन बन्द गरिएको  सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबलि यादबले जानकारी दिए ।

अधिकृत यादबले विद्यालय बन्द भए पनि भर्चुअल र अन्य माध्यमबाट भने पठनपाठन गराइने बताए । नगरपालिकाको निर्देशन विपरित विद्यालयले पठनपाठन गरे, क्षतिको जिम्मेवारी विद्यालयका प्रधानाध्यापकले लिनुपर्ने उनको भनाइ छ ।

जिल्लाका १७ स्थानीय तहमध्ये सिरहा नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । प्रदेश २ का जिल्लाहरु पनि कोरोनाको गम्भीर चपेटामा परेपछि विद्यालयहरु बन्द गर्न थालिएको छ ।

प्रदेश २ का धनुषा, सप्तरी, बारा, पर्सा लगायतका जिल्लामा विद्यालय बन्द भइसकेको छ । कोरोनाको दोस्रो लहरमा सबभन्दा बढी प्रभावित बालबालिका हुने भएकाले चिन्ता बढाएको छ ।

178654710_608919880506057_4088949051968310886_n

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब