सिरहामा कोभिडको जोखिम बढदै, स्वास्थ्य मापदण्ड पालना हुँदैन

  • वैशाख १९, २०७८ | ९६३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा कोरोना संक्रमितको संख्या दिन दिनै बढी रहेको छ । अधिकांश संक्रमितमा लक्षण छ । अस्पतालमा गम्भिर प्रकृतिका संक्रमितमात्रै भर्ना गरिएको छ । अस्पतालका पुगेका संक्रमितलाई अक्सिजन अनिवार्य जस्तै भइसकेको छ ।

देशमा दिनदिनै संक्रमितको मृत्यु भएको खबर सार्वजनिक भईरहेका छन् । सिरहामा शनिवार गरिएको ११० जनाका परीक्षणमा १९ जना कोरोना पोजेटिभ संक्रमित थपिएका छन् । हाल सम्म लगभग ७ सय जनाको परिक्षणमा मध्ये कुल जिल्ला भरी ७४ जना कोरोना पोजेटिभ संत्रमित रहेका छन ।

कोराना भाइरस शून्यता रहेको जिल्लाका रुपमा रहेको यस जिल्लामा चैत्र अन्तिम हप्ता गरिएको परिक्षणमा कुल ७ जना संक्रिमित फेला परे लगतै परिक्षण सुरु गरिएको थियो । नयाँ साल सुरुवातसँगै दुई हप्ताको अन्तरालमा ५० जना देखि १ सय जनाका परिक्षण गर्दा हलासम्म ७४ पोजिटिभ संक्रमित फेला परि सकेका छन ।

हालसम्म गरिएको परिक्षण तथा पोजेटिभ संख्यालाई औषतमा हेर्दा १० जना परिक्षणमा १ जना पोजेटिभ  थपिएको छ । यसरी थपिएका पोजेटिभ संख्याका दरले सिरहा उच्च जोखिम बढी रहेको देखिन्छ ।
तर सिरहा सदरमकाममा रहेका कार्यालय, होलसेल तथा खुद्रा तरकारी किनबेच हुने गुद्रि बजारमा कोरोना गिज्याउने भिड देखिएको छ । शनिबार विहान गाउँ–गाउँबाट तरकारी बेच्न आएका किसान र व्यापारीको अव्यवस्थित बाक्लो भिड पनि गुद्रि बजारमा देखिएको हो ।

सिरहाका मुल बजार तथा  तरकारी बजारमा मास्क नलगाउने, मास्क लगाईहाले पनि राम्रोसँग नलगाउनेको संख्या बढी देखिएको छ । सामाजिक दूरीको पालना नगरी धेरै जना मानिसहरु एकै ठाउँमा झुम्मिएको पाईएको छ । च्यापुमा मास्क लगाएकाहरु नाकमुख छोप्दा गर्मी हुने भएकाले भर्खरै तल झारेको जवाफ फर्काउछन् । ‘पानी खाँदा फुकालेको थिएँ, लगाउनै विर्सेछु’ तरकारी बजारमा भेटिएका एक व्यापारी भन्छन् ।

सिरहा – ८ मैसोथा फुलो देवी दासलाई आफ्नो स्वास्थ्यको भन्दा तरकारी बेच्ने चिन्ता थियो । उनी पनि तरकारी बेच्न भिडमा मिसिए । ग्राहकको आग्रहपछि छोरालाई मास्क लगाएर तरकारी बेच्न हकारिरहेका उनी राजनिस राईनसँग उनी ठोक्किए । तरकारी किन्न आउनेहरु हुन या तरकारी बेच्ने स्वास्थ्य सुरक्षा सतर्कताका विषयमा ध्यान दिएका थिएनन् ।

सिरहा नगरपालिकाकावासी सू.स. यादब मैरवैता यादब क्याम्पस सिरहाको पूूर्व क्याम्स प्रमुख मधु सुदन यादब अहिलको परिस्थितिमा अनावश्यक भिडभाड गर्नु स्वास्थ्यका लागि हानीकारक भएको बताउँछन् ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब