ईलाका प्रहरी कार्यालय लहानका मदिरा चोरी गर्ने ३ जना प्रहरी निलम्बित

  • जेठ १७, २०७८ | ८४६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहामा मदिरा चोरी गर्ने ३ जना प्रहरीलाई निलम्बनमा परेको छ । जिल्ला प्रहरी कार्यलय सिरहाले ईलाका प्रहरी कार्यालय लहान क मा कार्यरत १ जना प्रहरी साहायक निरिक्षक र २ जना प्रहरी जवानलाई चोरीको आरोपमा निलम्बन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्ष एवमं प्रवक्त शालिग्राम शर्माले दिएको जानकारी अनुसार निलम्बन पर्नेमा जिल्ला प्रहरी कार्यालय सिरहा मातहत रहेका ईलाका प्रहरी कार्यालय लहान क मा कार्यरत प्रहरी साहायक निरिक्षक नवल किशोर ठाकुर,प्रहरी जवान अन्नु कुमार राय प्रहरी जवान नरेश कुमार रायलाई निलम्बित गरिएको छ ।

जेठ ९ गते ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ति टोलीले सिरहा लहान न.पा.२३ गढीया चौक आस-पासका पसलहरु बन्द गराई निषेधाज्ञा कार्यान्वयनको क्रममा उक्त स्थानमा रहेको पुजा मदिरा होटल (एस.के.मदिरा) मा हो-हल्ला गरेकोले मदिरा सेवन गरी हो-हल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिदाँ पसलका सञ्चालक भागी पसल खाली रहेको अबस्थामा पसलबाट प्रहरीले केही भोड्का रक्सी लिई गएको भिडीयो विभिन्न सामाजिक संजाल तथा संचार माध्यममा अपलोड भई आलोचित हुनु पर्ने अबस्था देखिएकोले यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको र २०७१ बमोजिम आजकै मितिबाट निलम्बन गरिएको छ ।

उनीहरूमाथि अनुसन्धानको प्रकृया अगाडी बढाईएको प्रहरी प्रवक्त शर्माले वताए ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब