सिरहामा कोरोना नियन्त्रणका लागि सहयोगी हातहरु जुट्दै

  • जेठ २०, २०७८ | ६६४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । कोरोना नियन्त्रणका लागि निषेधाज्ञा सहित विभिन्न उपायहरू अवलम्बन भईरहेको बेलामा सिरहामा स्वास्थ्य सामग्रीहरू सहयोग गर्नेहरू पनि बढिरहेका छन । राजनीतिक दल, नेता र विभिन्न सङंघ संस्थाबाट जिल्ला प्रशासन कार्यालय सिरहा देखि लिएर जिल्ला अस्पताल सिरहा लगायत जिल्लामा आईसीयू बेड स्थापना गर्नेदेखि अक्सिजन सिलिन्डर सहयोग गर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने क्रम बढेको हा ।

कोरोना भाइरस नियन्त्रणका लागि दाताबाट प्राप्त स्वास्थ्य सामग्री गुणस्तरीय छ कि छैन भन्ने जाँच सिरहामा हुने गरेको छैन । पछिल्लो समय अक्सिजन, अक्सिमिटर, एन्टिजेन्ट किट, सेनिटाइजर, मास्क,पीपीई,औषधि,खाना लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने बढेसँगै स्वस्थ्य सामग्रीको गुणस्तर जाँच गरेर मात्र ग्रहण गर्ने अवस्था हुदा हुदै जानी जानी हेल्चक्राई गरि स्वास्थ्य ऐनलाई धज्जी उडाईएको पाईएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकरी प्रदिप राज कणेल देखि लिएर स्वास्थ्य उपचार केन्द्रका प्रमुख सम्मले सहयोगका सामग्री विना जाँच लिएको पाईएको हो जस्ले कोरोनाको खतारा संगसंगै स्वास्थ्यमा समेत अनेकौ खतरा हुन सकिने अवस्था देखिन्छ । जिल्लाभित्र कोरोना सङ्क्रमण दर बढिरहेको छ, सहयोग आवश्यक छ, तर सहयोग हस्तान्तरण गर्दा सकेसम्म थोरै व्यक्तिको मात्र सहभागिता होस र गुणस्तरीयता सहित स्वास्थ्य मापदण्ड भित्रै होस भन्ने हाम्रो चाहना छ ।

यो विषयमा सिरहाका प्रमुख जिल्ला अधिकारीको पहल तथा जिल्ला स्वास्थ्य कार्यालय सिरहाको अगुवाईमा सबै स्थानिय तहलाई स्वास्थ्य सामग्री तथा अन्य आवश्यक सामग्री सहयोगमा उपलव्ध गराउदा अनिवार्य जाँच परताल गरि मात्रै लिनु हुन पत्रचार गरि सचेत गराउनु आवश्यक छ । 

कोरोना महामारी निदानुदिन बढ्दै गएको अवस्थामा विभिन्न दातृ निकाय सहयोगी सङ्घसस्था र व्यक्तिबाट सहयोग स्वरूप प्राप्त हुने स्वास्थ्य सामग्री सरकारबाट सूचीकृत तथा अनुमति प्राप्त भए नभएको सुनिश्चित गरी मात्रस्वीकार तथा प्रयोग गर्न अनुरोध छ ।स्वास्थ्य सामग्री मापदण्डविपरीत भएको अवस्थामा नागरिकको स्वास्थ्यमा गम्भीर असर गर्नसक्ने अवस्था अवगत रहेको अवस्था सचेत हुनु आवश्यक छ 

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब