प्रदेश २ मा ३९८३ सवारी दुर्घटना,५२३ जनाको मृत्यु

  • साउन ७, २०७८ | ९७३ पटक पढिएको | सीमा संदेश

सिरहा । आर्थिक वर्ष ०७७/०७८ मा भएको विभिन्न सवारी दुर्घटनामा परी ५२३ जनाले ज्यान गुमाएका छन् । प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, सिरहा, महोत्तरी र धनुषा जिल्लाको बिभिन्न स्थानमा ३९८३ सवारी दुर्घटना हुँदा ५२३ जनाले ज्यान गुमाएका प्रदेश २ का ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख तथा प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले बताउनुभयो ।

प्रदेश २ मा एक वर्षको अन्तरालमा भएको सो दुर्घटनाबाट ३९४ पुरुष, ६८ महिला, ३६ बालक र २५ बालिका रहेको उहाँले बताउनुभयो । सो घटनामा परी छ हजार ४ जना घाईते भएका छन् ।

उनीहरुमा ४ हजार २६८ पुरुष, ८७३ महलिा, ५७० बालक र २९३ बालिका घाईते भएका छन् । प्रदेश २ को आठै जिल्लाका बिभिन्न चेक प्वाईन्टबाट एकवर्षमा १० हजार ७ सय ५ जना मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ ।

यसैगरी मादक पद्धार्थ सेवनगरी सवारी चलाउने, हेल्मेट नलगाएको र ३/३ जना मोटरसाईकलमा सवार रहेकालाई कारवाही गरिएको छ । उहाँका अनुसार गतवर्ष ०७६/०७७ मा भएको १३४० विभिन्न सवारी दुर्घटना ४२० जनाले ज्यान गुमाएका छन् । भने, ९०५ जना गम्भिर घाईते र ९६२ जना समान्य घाईते भएका हुन् । यस्तै, ०७५/०७६ मा १३५२ दुर्घटनामा ४९६ जनाले ज्यान गुमाएका थिए ।

राजमार्ग भन्दा पनि ग्रामिण भेगमा निर्माण भएको राम्रो बाटोका कारण टे«क्टर, टेम्पु, मोटरसाईकल एक आपस र तिब्रगतीका कारण बढी दुर्घटना हुने गरेको उहाँले जानकारी दिनुभयो ।

यता विश्व महामारीबाट बच्न सरकारले लागु गरेको निषेधाज्ञामा जिल्ला प्रशासनको अनुमती नलिएर बलजस्ती सवारी चलाउने ३३६ जनालाई कारवाही गरिएको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवालले जानकारी दिनुभयो ।

चापाकल खरीदमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाक ...

२६ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा स ...

मधेस प्रदेशमा ३० करोड खर्चिएर ६ वटा मात्रै विधेयक

 मधेस प्रदेशसभाले पछिल्लो एक वर्षमा ३० करोड रुपैया ...

भदौ २ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब