चिनियाँ कम्युनिष्ट पार्टीबारे जानकारी लिन नेपालसहित विभिन्न देशका राजदूत स्थलगत भ्रमणमा

  • साउन १०, २०७८ | ५४० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । चिनियाँ विदेश मन्त्रालयले चीन र चिनियाँ कम्युनिस्ट पार्टी सम्बन्धी जानकारी दिने उद्देश्यले नेपाल सहित विभिन्न देशका राजदूतलाई गुईहउ र फुजियन प्रान्तको स्थलगत भ्रमणमा लगेको छ ।

जुलाई ११ देखि १७ सम्म भएको सो भ्रमणका चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे पनि सहभागी थिए । स्थलगत भ्रमण, सेमिनार र छलफलका माध्यमले राजदूतहरुले चीन र चिनियाँ कम्युनिस्ट  पार्टीको बारेमा ज्ञान हासिल गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

भ्रमणबाट चीन र विभिन्न मुलुकहरुको बीचमा सहकार्यका थप अवसरहरुको पहिचान भएको पनि बताइएको छ ।

विशेषत भ्रमणबाट चिनियाँ कम्युनिस्ट पार्टीको एक सय वर्ष पुरानो इतिहास जान्न सहयोग गरेको पनि चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणको क्रममा राजदूतहरुले चीनले गरिबी नियन्त्रण, विज्ञान र प्रविधिको क्षेत्रमा हासिल गरेको उपलब्धि, पर्यावरण संरक्षणमा प्राप्त गरेको सफलताको प्रशंसा गरेका थिए ।

उक्त भ्रमणबारे चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्, ‘राजदूतहरुले चिनियाँ कम्युनिस्ट पार्टीले चीनको क्रान्तिको लागि लिएको बलियो नेतृत्वको प्रशंसा गरेका थिए । राजदूतहरुले भने चीनलाई बुझ्नका लागि चिनियाँ कम्युनिस्ट पार्टी बुझनुपर्छ ।’

सो भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङको विचारधाराको बारेमा पनि राजदूतहरुलाई जानकारी गराइएको थियो ।

चापाकल खरीदमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाक ...

२६ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा स ...

मधेस प्रदेशमा ३० करोड खर्चिएर ६ वटा मात्रै विधेयक

 मधेस प्रदेशसभाले पछिल्लो एक वर्षमा ३० करोड रुपैया ...

भदौ २ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब