सूचनाको हकको मध्यमले समाजलाई निरङ्कुश तथा भ्रष्ट हुन दिँदैन : सिडियो कणेल

  • भदौ ३, २०७८ | ६०० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । भदौ ३ सूचनाको हकको स्थापना दिवसको रुपमा मनाईदै छ । सूचनाको हकको स्थापना दिवसको अवसरमा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले सूचनाको मौलिक हक कार्यान्वयनका निम्ति सम्पूर्ण वर्गमा शुभकामना दिएका छन् ।

राजधानीपाटी सँग कुरा गर्दै सिडियो कणेलले भने सिरहा जिल्लामा सुचनाको हकलाई प्रभावकारी बनाउन सुचनाको हकमा सबैको अधिकार सुनिश्चित हुनुपर्ने भन्दै विभिन्न किसिमका अभियान सँचालन गरी जागरुता गरिरहेको बताएका हुन् । आधुनिक राज्य प्रणाली र शासन व्यवस्थामा सबभन्दा बढी रुचाइएको र अवलम्बन गरिएको व्यवस्था लोकतान्त्रिक शासन व्यवस्था हो ।

यो शासन व्यवस्था विधि, प्रक्रिया, सहभागिता, जवाफदेहीता सहितको उत्तरदायित्व र परिणाममा आधारित हुन्छ । “अशल शासन”कालागि “सूचनाको हक” महत्वपूर्ण आधारशिला हो । सूचनाको हक सम्विधान वादको एउटा महत्त्वपूर्ण तत्व पनि हो। यसले आम जनतालाई शासन व्यवस्थाभित्र सहभागी गराउन, कुनै पनि सार्वजनिक निकाय र पदाधिकारीलाई सरोकारवाला प्रति बढी उत्तरदायी बनाउन एवं जिम्मेवार पदाधिकारी लाई निरङ्कुश तथा भ्रष्ट हुन नदिन मद्दत गर्ने सिडियो कणेलको कथन छ ।

सार्वजनिक काम वा सरोकारको सूचना सहजै पाउन, कार्यान्वयनको विधि र प्रक्रिया समेतको पारदर्शिताको सुनिश्चितताका लागि नागरिकले सूचना पाउनुपर्छ भन्ने मान्यताका आधारमा नै सूचनाको हक स्थापित भएको पाइन्छ । “सूचनाको हक” व्यक्ति को अधिकार हो भने सार्वजनिक पदाधिकारीकालागि निर्वाह गर्नु पर्ने दायित्व हो। नेपालको सम्विधान ( २०७२) ले यसलाई नागरिकको मौलिक हक को रुपमा स्थापित गरेको छ। कार्यान्वयनकालागि ऐन , नियमावली र संगठनात्मक ब्यवस्था पनि छ। यद्यपि कमजोर नागरिक सचेतता, सूचनाको पहुँचमा स्वयं सूचना अधिकारी नै वन्चित हुने स्थिति, सूचना लुकाउने तथा गोप्य सस्कृति र झन्झटिलो पुनरावेदन प्रक्रियाले ” सूचनाको हक” प्रति जनविश्वास अभिबृद्दि हुन सकेको छैन।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब