राजविराज कारागारमा कैदीबन्दीहरुको प्रदर्शन

  • मंसिर २५, २०७८ | ३८२ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी, मंसिर २५ गते । सप्तरीमा कारागारमा रहेका कैदीबन्दीहरु आन्दोलन थालेका छन् । सप्तरीको राजविराजस्थित कारागारका कैदीबन्दीहरु जेलर, चौकिदार र मुल नाइकेहरुविरुद्ध नाराबाजी र प्रदर्शन गरेपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

कैदीबन्दीहरुले परिवारका सदस्यहरुलाई भेटघाट गर्न रोकटोक गरेको, औषधि उपचारमा वेवास्ता गरेको, जाडोको कपडा, सिरकलगायत राज्यबाट प्राप्त सुविधा नदिएको भन्दै नाराबाजीसहित प्रदर्शन गरेका छन् । कारागार तनावग्रस्त बनेपछि कारागारभित्र इन्स्पेक्टर रामनारायण सिंहसहित सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।

इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेल नेतृत्वको इन्सेकको टोली समेत कारागार पुगेर जेलर सुमन कोइराला र चौकिदार श्याम यादवसँग भेंटघाट गरी वस्तुस्थितीका बारेमा जानकारी लिएका छन् ।

इन्सेक सहजकर्ता दिपक यादव र इन्सेकद्वारा गठित नगरस्तरिय मानव अधिकार निगरानी समूहका अध्यक्ष रघुबर साह सहित पुगेका पोखरेलले कैदीबन्दीहरुसँग मानवोचित व्यवहार गर्न र समस्या सम्बोधन गर्न कारागार प्रशासनसँग माग गरेका छन् ।

यसैगरी संवेदनशीलतालाई मध्यनजर गर्दै कारागारमा आवश्यक सुधारका लागि कैदीबन्दी र कारागार प्रशासनबीच पुलको काम गर्न चौकीदार यादवसँग टोलीले आग्रह गरेको छ । कारागार तनावग्रस्त भएकाले कैदीबन्दीहरुसँग भेंटन भने कारागार प्रशासनले नदिएको पोखरेलले बताए ।

कारागार तनावग्रस्त भएपछि मुल नाइके र नाइकेहरु परिवर्तन गरी बी ब्लकमा सारिएको छ भने शुक्रबार राति २ सय २५ ओटा सिरकहरु ल्याइएको छ ।

राज्यले दिने सबै सुविधा समयमै उपलब्ध गराइएको, विरामीलाई औषधउपचारका लागि अस्पताल पठाउने गरिएको र कैदीबन्दीहरुको परिवारलाई विहान ११ देखि दिउँसो २ बजेसम्म भेंटघाट गर्न दिइएको जेलर सुमन कोइरालाले बताए ।

कारागारमा हाल एक आश्रित बालकसहित १२ जना महिला र ३ सय ५० पुरुष गरी ३ सय ६३ जना कैदीबन्दी रहेका छन् ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब