अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमिकका हक संविधानमा लेखिए तर व्यवहारमा आएन

  • वैशाख १८, २०७९ | ४१४ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । एक सय ३६ वर्षदेखि लगातार मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । यो दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ ।

नेपालमा पनि विभिन्न ट्रेड युनियनले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपाल ट्रेड युनियनले श्रमिक अधिकारको पक्षमा दबाब दिने उद्देश्यले पदयात्रा गर्दैछ ।

काठमाण्डौको भृकुटीमण्डपबाट सुरु हुने पदयात्रा सहिदगेट, न्युरोड गेट, रत्नपार्क हुँदै बागबजारमा पुगेर सभामा परिणत हुनेछ । यस्तै नेपाल ट्रेड युनियन महासङ्घले भृकुटीमण्डमा श्रमिक सभाको आयोजना गर्ने छ ।

नेपालका क्रियाशील एक दर्जनभन्दा बढी ट्रेड युनियनको साझा संस्था ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले बृहत् कार्यक्रमको आयोजना गर्ने जनाएको छ । नेपालको राजनीतिक परिवर्तनमा श्रमिक वर्गको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ ।

२००७ सालको राणा शासनविरुद्ध, २०४६ सालको प्रजातन्त्र प्राप्ति तथा २०६२/६३ सालको गणतन्त्रको आन्दोलनमा श्रमिक वर्गको अतुलनीय योगदान रहेको छ । आन्दोलनबाटै नेपालका श्रमिकले अधिकार प्राप्त गरेका छन् । संविधानमा श्रम–एजेन्डा समावेश गरिएका छन् । संविधानमा मौलिक हकका रूपमा हरेक नागरिकलाई रोजगारीको हक हुने, योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ ।

संविधानमा श्रम अभ्यास र श्रमिकको पारिश्रमिकको हकको सुनिश्चिता भएको छ । बालश्रम, बाधा श्रम निषेध भएको छ । विभिन्न जातीय, लैङ्गिक, क्षेत्रीय, भाषिक, धार्मिक, वैचारिक आधारमा हुने भेदभाव अन्त्य गरी समानताको प्रत्याभूति गरिएको छ ।

औपचारिक र अनौपचारिक श्रमिकको भेदभाव हटाएर सबै श्रमिकलाई समान हैसियतको व्यवस्था श्रम ऐनमा गरिएको छ । तर, श्रमिकको हक अधिकारका विषय संविधानमा लेखिए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको छ ।

अझै पनि औपचारिक तथा अनौपचारिक क्षेत्रका धेरै श्रमिक सामाजिक सुरक्षाको हकका साथै न्यूनतम पारिश्रमिकबाट वञ्चित छन् । संविधानले हरेक नागरिकलाई रोजगारीको हक प्रदान गरेको भए पनि कामको अभावमा युवा शक्ति विदेशिएका छन् । दिवसको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।

यसैबीच, दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने बताउनु भएको छ ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताउनुभएको छ । उहाँले श्रमिकका लागि सीपमूलक तालिम, व्यावहारिक शिक्षा र वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यकताअनुसारको सीपमूलक तालिमको व्यवस्थालाई सरकारले अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । 

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब