वडाध्यक्षका उम्मेदवार खाटमुनी लुकेको अवस्थामा पक्राउ

  • वैशाख २९, २०७९ | ५४९ पटक पढिएको | सीमा संदेश
alt

तेह्रथुम । नेपाल तरुण दल तेह्रथुम जिल्ला उपाध्यक्ष सहित ३ जना कार्यकर्तालाई युवाहरु परिचालन गरेर कुटाएकाे आरोपमा तेह्रथुममा एमालेका एक वडाध्यक्षको उम्मेदवार पक्राउ परेका छन् ।

मंगलबार रातिको घटनापछि प्रहरी नियन्त्रणका लागि आउदा खाटमुनी लुकेको अवस्थामा उनलाई प्रहरी पक्राउ गरेको हो । पक्राउ पर्नेमा छथर गाउँपालिका वडा २ का उम्मेदवार मनबहादुर खड्का सहित एमालेकै कार्यकर्ता कृष्णबहादुर कार्की र मेदुना रानामगर रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सुचना अधिकारी छे फिन्जो भोटेले बताएका छन् ।

मंगलबार राति जिल्लाको छथर गाउँपालिकामा २ हमरजुङमा काँग्रेस र एमाले कार्यकर्ताहरुबीच झडप भएको थियो । उक्त झडपमा नेपाल तरुण दल तेह्रथुमका उपाध्यक्ष विकास श्रेष्ठसहित मनिष बस्नेत र सेमिहाङ लिम्बू घाइते भएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको मुख्य जिम्मेवार उनै वडाध्यक्ष भएको भन्दै तरुण दल तेह्रथुमले घोर भत्र्सना गरेको छ । उसले एक बिज्ञप्ति जारी गर्दै घटनाको दोषी खड्कालाई कडा कारवाही गर्न आग्रह गरेको छ ।

घटनाका ३ घाइतेहरुको धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उता छथर एमालेले भने काँग्रेसका कार्यकर्ताहरु रातिको समयमा आएर अपशब्द बोल्दै वडाध्यक्षका उम्मेदवार खड्कामाथि आक्र मण गरेको जनाएको छ ।

उसले पनि बिज्ञप्ति जारी गर्दै पक्राउ परका खड्कासहित अन्य कार्यकर्ताहरुलाई तत्काल रिहाइकाे माग गरेको छ ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब