सिरहा नगरपालिकामा मेयर नेकपा एमालेका यादब र उपमेयर साह निर्वाचित

  • जेठ ५, २०७९ | ७१२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ५ जेष्ठ। सिरहाको  सिरहा नगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार डा. नविन कुमार यादब र उप–मेयरमा बबिता कुमारी साह निर्वाचित भएकी छिन्।

यादब ११ हजार ९९ मत ल्याई प्रमुखमा निर्वाचित भएका हुन् । मेयरमा दोस्रो स्थान नेपाली कांग्रसे भन्दा २ हजार ३ सय ७९ मत, जसपा भन्दा ३ हजार ३ सय ६५ मत र नेकपा एस भन्द ५हजार १ सय ९६ अन्तरले निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धिहरु नेपाली कांग्रेसका उपेन्द्र प्रसाद यादबले ८ हजार ७ सय २० र जसपाका उम्मेदवार तथा निवर्तमान मेयर असेश्वर प्रसाद यादबले ७ हजार ७ सय ३४ मत प्राप्त गरेका छन्।

उप–मेयर साह १० हजार ३७ मत ल्याएर विजयी भएकी छिन्। उनका निकटतम प्रतिस्पर्धिहरु नेपाली कांग्रेसकी सरिता कुमारी यादबले ८ हजार ५ सय ८९ मत र जसपाका उम्मेदवार शशी मित्रा माझी मुसहर ७ हजार ८ सय ५५ मत प्राप्त गरेकी छिन्।

उपमेयरमा दोस्रो स्थान नेपाली कांग्रसे भन्दा १ हजार ४ सय ८७ मत, जसपा भन्दा २ हजार २ सय २१ मत र नेकपा एस भन्द ३ हजार ३ सय ३४ अन्तरले निर्वाचित भएका छन् ।

नगरपालिकाका जम्मा २२ वडाहरुमध्ये ७ वटामा नेकाप एमाले,  ५ वटा नेकपा एकिकृत समाजवादी, ४ वटामा जसपा, ४ वटा नेपाली कांग्रेस,  १ वटा नेकपा माओवादी केन्द्र र १ जना स्वातन्त्र वडा अध्यक्ष निर्वाचित भएका छन्।

२०७४ को स्थानयि तह निर्वाचनमा प्रमुख, उपप्रमुमा जसपाले विजयी हासिल गरेको थियो। यो पटक जसपा तेस्रो स्थानमा पुगेको छ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब