लहानमा काँग्रेसका चौधरी बहुमतसहित विजयी

  • जेठ ७, २०७९ | ५५० पटक पढिएको | सीमा संदेश
alt

लहान। सिरहाको लहान नपामा गठवन्धनमा उम्मेदवार नेपाली काँग्रेसका महेश चौधरी मेयर पदमा विजयी भएको छ। निवर्तमान मेयर मुनी साह सूडीसँग ८ हजार १ सय ३९ मतको फराकिलो अन्तरले निर्वाचित भएको हो।

चौधरीले २० हजार १ सय ५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी निवर्तमान मेयर तथा नेकपा एमालेका उम्मेदवार साहले ११ हजार ९ सय ६६ मत प्राप्त गरेका छन्। नेकपा एकीकृत समाजवादीका विनोद कुमार साहले २हजार एक सय ५२ मत प्राप्त गरेको छ।

उपमेयरमा गठवन्धनकै जसपाबाट उम्मेदवारी दिएका रामचलितर महतो १२ हजार ५ सय ६९ मतले विजयी भएका छन्। उनको निकटतम प्रतिस्पर्धी निवर्तमान उपमेयर तथा नेकपा एमालेका उम्मेदवार सरियार कुमारी चौधरीले ११ हजार ७ सय ९० मत ल्याउँदा नेकपा एसका कंचन चौधरीले ४ हजार ६ सय ५६ मत प्राप्त गरेको छ।

देशकै सवैभन्दा ठूलो यस नगरपालिकाको २४ वडामध्येय सवैभन्दा बढी नेपाली काँग्रेस १६ वटा वडामा निर्वाचित भएका छन्। ४ वटा वडामा नेकपा एमाले, २ वटामा जसपा र १÷१ वडामा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी विजयी भएको छ।

नेपाली काँग्रेसको तर्फबाट वडा नम्वर १ मा युगल किशोर चौधरी, २ मा सीयाराम यादव, ३ मा रामदयाल महतो, ५ मा अवदुल करिम, ६ मा रमेश उपाध्याय, ७ मा राम औतार शर्मा, ८ मा श्याम कुमार साह, ९ मा घुरन थारु, ११ मा सूर्यनारायण चौधरी, १२ मा बद्रिनारायण चौधरी, १३ मा मनोज कोइराला, १५ मा तेज नारायण चौधरी, १६ मा गरुड बहादुर जर्घा मगर, १९ मा मो. कमरुदीन र्राइन, २२ मा श्याम कुमार अधिकारी थारु र २३ मा बद्रि यादव निर्वाचित भएका छन्।

नेकपा एमालेको तर्फबाट वडा नम्वर १० मा मन्टी कुमार मण्ड, १७ मा प्रथमलाल चौधरी थारु, १८ मा मो. सामसेर र २१ मा राजकुमार यादव विजयी भएका छन्।

जनता समाजवादीबाट वडा नम्वर ४ का रामना पण्डित र २४ बाट राजलाल राय राजपुत निर्वाचित भएका छन्।

नेकपा माओवादी केन्द्रबाट वडा नम्वर २० मा गणेश चौधरी र नेकपा एसका तर्फबाट वडा नम्वर १४ मा धनिकलाल यादव निर्वाचित भएका छन्।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब