पेट्रोल प्रतिलिटर १ सय ८० पुग्यो, ग्यास प्रतिसिलिन्डर २ सय रुपैयाँ बढ्यो

  • जेठ ९, २०७९ | ६९८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको आयल निगमले जनाएको छ ।

अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पर्नेछ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ । खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्याँसका लागि १८०० रुपैयाँ पर्नेछ ।

हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य पनि बढेको छ । १० रुपैयाँ वृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिजलमा ३ अर्ब ४० करोड र एलपी ग्याँसमा ३ अर्ब घाटा हुने देखिएको निगमको दाबी छ ।

मूल्यवृद्धि अस्वीकार्य : तीन विद्यार्थी संगठन

एक सातै दोस्रो पटक पेट्रोलियम पदार्थमा भएको भारी मूल्य बृद्धिप्रति प्रमुख विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसम्द्ध बिद्यार्थी संगठनले एक सातामा दुई पटक भएको मूल्य वृद्धि फिर्ता लिन सरकारलाई आग्रह समेत गरेका छन् । मूल्य वृद्धि फिर्ता नभए निर्णायक र शसक्त आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले सरकारले निर्वाचन लगत्तै जनतालाई झुक्याएर भारी मात्रामा गरिएको मूल्यबृद्धि अस्वीकार्य भएको बताइन् । ‘जनताको जीवनयापनमा गम्भीर असर गर्ने गरी मूल्य बढाइएको छ, उनले भनिन्, मूल्य वृद्धि तत्काल फिर्ता नभए सोमबारदेखि कडा आन्दोलन हुन्छ ।’

समाजवादी विद्यार्थी संगठनका अध्यक्ष रुपनारायण श्रेष्ठले गठबन्धनका नाममा जनतामाथि निर्मम ढंगबाट मूल्यवृद्धि थोपरिएको बताए । “सोमबार नै संयुक्त बिद्यार्थीको बैठक बस्छ र आन्दोलनका कार्यक्रम तय हुन्छ ” उनले भने ।

सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृ बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले पनि पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको बिरोध जनाएको छ । क्रान्तिकारीकि अध्यक्ष पञ्चा सिंहले मूल्य वृद्धि कुनै हालतमा स्वीकार्य नहुने बताइन् । मूल्य वृद्धि बिरुद्ध कडा आन्दोलन गर्ने भन्दै उनले आयल निगमलाई तत्काल मूल्यबृद्धि फिर्ता लिन आग्रह गरिन् ।

आयल निगमको वक्तव्य

received_1646529209042342_OBi1a8OQmZ

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब